भूपदेव माली
माघ १२ गते /सप्तरी।
भारतको राष्ट्रिय पर्व गणतन्त्र दिवसको अवसरमा भारदहमा झण्डाउत्वन कार्यक्रम सम्पन्न भएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-१ भारदह स्थित कोशी प्रोजेक्ट कोलोनीमा गणतन्त्र दिवस मनाउने क्रममा नेपालको राष्ट्रिय झण्डा र भारतको राष्ट्रीय झण्डात्तोलन गरिएको हो।
भारतको तर्फबाट पश्चिमी तटबन्ध प्रमण्डल वीरपुर का कार्यपालक अभियन्ता अवधेश कुमार मण्डल र नेपालको तर्फबाट सशस्त्र प्रहरी बल भारदहका इन्सपेक्टर उमेश आलेको हात बाट दुवै देशका झन्डा उत्वलन गरि दुवै देशका राष्ट्रिय गीतहरु गाएर गणतन्त्र दिवसको कार्यक्रम सम्पन्न गरिएका थिए।
हरेक वर्षको २६ जनवरी का दिन हुने यो कार्यक्रममा यो वर्षको कार्यक्रममा भारतको तर्फबाट सहायक अभियन्ता सन्नी कुमार, सहायक अभियन्ता पप्पु कुमार, सहायक अभियन्ता नविन कुमार, सहायक अभियन्ता गौत्तम कुमार,गुनानन्द मण्डल,लक्ष्मी मण्डल लगायतका कोशी प्रोजेक्टका कर्मचारीहरु र नेपालको तर्फबाट ईलाका प्रहरी कार्यालय भारदहका प्र.स.नि. दिलिप खड्का, सशस्त्र प्रहरी बल वेश कैम्प भारदहका प्रमुख इन्सपेक्टर उमेश आले तथा प्रहरी जवानहरु लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थिति थियो।