संपादकीय
बातावरणमा तिन दिन देखि शितलहरले विकराल रूप लिएको छ। शीतलहरका कारण बढेको जाडोले गर्दा मानिसको जनजीवन निकै प्रभावित भएको छ ।खासगरी सप्तरीको पूर्वी भेग अर्थात कोशी नदीको छेउछाउमा अवस्थित गाँउटोल कोशी नदीबाट उत्पन थप चिसोले मानिसहरुलाई घर निस्कने बाटो समेत अवरुद्ध पारेको छ। आज बिहानै देखि कुहिरो लाग्ने गरेको गर्दा सडकहरुमा गुड्ने सवारी साधनहरुलाई समेत अवरुद्ध गरेको देखिन्छ ।अझ त गहुँको खेती गर्ने किसानहरुलाई बढेको अत्यधिक लाडोले समस्या भएको छ भने वृद्ध- बृध्दाहरुलाई पनि समस्या भएको देखिन्छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका द्वारा हरेक वर्षको पौष माघ महिनाको शितलहरमा आगो बाल्न इन्धनको व्यवस्था गरी पठाउने गरेपनि यो वर्ष नगरपालिका द्वारा कुनै प्रकारको व्यवस्था गरिएको छैन र न त प्रदेश सरकार द्वारा नै गरीब- निसहाय, एवं दलित बस्तीहरुमा नै कुनै प्रकारको न्यानो लुगा वा कम्बलहरु नै वितरण गरिएको छ।
इतिहास हेर्दा जाडोले सबभन्दा बढी गरीब, निसहाय एवं दलित बृध्द – बृध्दाहरु लाई नै प्रभावित गरेको देखिन्छ र जाडोबाट मृत्यु हुने गरेको देखिन्छ। अत: यतिबेला गरिब निःसहाय ब्यक्तिहरुका लागि न्यानो लुगा वा कम्बल वितरण तथा सडकमा आवतजावत गर्ने यात्रीहरूको न्यानोका लागि इन्धनको व्यवस्था गरी वितरण गर्नु तर्फ सम्बन्धित निकायले ध्यान पुर्याउनु आवश्यक भएको छ।