भूपदेव माली,
राजविराज, १४ पौष ।
भारदह अस्पतालमा जाडोबाट प्रभावित विरामीहरुको संख्यामा बृद्धि भएको छ ।
तिन दिनदेखि बढेको शितलहरको कारण वातावरण चिसो वढनाले भारदह अस्पताल कोशीको छेउमा रहेको हुँदा नदीको थप चिसोबाट उत्पन्न जाडोको प्रकोपको असर मानिसहरुको जनजीवनमा पर्ना जादाँ अस्पतालमा जाडोबाट प्रभावित विरामीहरुको संख्यामा वृद्धि भएको हो ।
भारदह अस्पताल हालसम्म नगरपालिका अन्तर्गत रहनाले प्रयाप्त श्रोत साधनको अभावमा कतिपय जाडोबाट प्रभावित विरामीहरुलाई जिल्ला बाहिरको अस्पतालमा पठाउनु पर्ने स्थिती रहेको अस्पतालका सूचना अधिकारी हेल्थ अस्टिन्टेन्ट धर्मेन्द्र खडगाले बताउँछ अस्पतालमा कुरुवा कक्ष नहुदाँ विरामी भन्दा पनि विरामी संग बस्ने कुरुवाले वढी समस्या हुने गरको बताउनु भयो ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा १ भारदह स्थित रहेको सो अस्पतालमा प्रयाप्त भवन नभएपनि समान्य किसिमको सबै जाँच ल्याब सेवा, भिडियो एक्सरे सेवा, डिजिटल एक्सरे सेवा, ई.सि.जी. सेवा २४ औं घंटा अक्सीजन व्यवस्था, आई.सि.यु. सेटअप १५ शैयाको व्यवस्था र प्रसुतिा सेवा व्यवस्था सुचारु भएपनि प्रयाप्त डाक्टरको अभाव रहेको अस्पतालका तत्कालिन इन्चार्ज शैलेन्द्र कुमार यादवले बताउनु भयो ।
महिनामा ५०÷६० प्रसुति विरामीलाई सेवा प्रदान गर्ने भारदह अस्पतालमा हाल अस्थाई १०, करारमा २७ गरी जम्मा ३७ कर्मचारीहरु कार्यरत रहेको जसमध्ये इमरजेन्सी सेवामा ४, ओपिडी सेवामा २, प्रसुती सेवामा ६ जना कार्यरत रहेको सूचना अधिकारी खडगाले बताए ।
भारदह अस्पताल यति बेला सप्तरीको हनुमाननगर कंकालिनी नपाको सम्पूर्ण गाउँटोल, कंचनरुप नपाको अधिकांश गाउाँटोल, तिरहुत गापाको प्रायः गाउँटोल र महदेवा गापाको अधिकांश गाउँटोलका विरामीहरुको उपचार केन्द्र बन्नुको संगै सुनसरीको कोशी गाउँपालिकाका केही गाउँका विरामीहरु समेतको केन्द्र बनेको छ ।