पंचायती ब्यवस्था कालमा २०४६/०४७ सालको जन आन्दोलन सम्म दुई पटक निरन्तर प्रधानपंचको पदमा निर्वाचित भएर गाउँ एवं जनतालाई सेवा प्रदान गर्दै, प्रजातान्त्रिक कालमा नेपाली कांग्रेसको गाउँ इकाई कमिटीमा आबद्ध भई जनताको हरेक सुख- दुखमा साथ सहयोग गर्दै आएका र भारदह अस्पताल स्थापना गर्ने क्रममा आवरण अनशनमा बसेर लामो संघर्षपछि अस्पतालको स्थापना गर्न सफल भएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-१ भारदहका निवासी स्वर्गीय गोसाई मण्डलको २०७९ मंसिर १७ गते सनिवार निधन भएको खबरले मधेश न्यूज परिवार स्तब्ध एवं मर्माहत भएका छौँ।
मृत आत्माको चिर शान्तिको कामना गर्दछौं, वहाँको बैकुण्ठ बास होस्।
स्व. मण्डलको १४ औं दिनको पूण्य तिथिको दुखद घडीमा शोकाकुल रहनु हुने छोरा – बुहारी उमेश प्रसाद – कविता मण्डल, छोरा – बुहारी दिनेश – संझा मण्डल, छोरा बुहारी सुरेश – मिना देवी मण्डल लगायत नाती – नातिनीमा सम्वेदना प्रकट गर्दछौँ।
– ईमधेश न्यूज परिवार, राजबिराज