भूपदेव माली
मंसिर २४ गते/ राजबिराज।
सप्तरीको राजविराजमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन समारोह सम्पन्न भएको छ।
लैंगिक हिंसा विरुद्धको अभियानका मूल समिति र जिल्ला प्रहरी कार्यालय सप्तरीको साझेदारी अन्तर्गत चल्दै आएको कार्यक्रम सनिवार राजविराज स्थित जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न भएको हो।
मूल समितिमा आबद्ध विभिन्न संघ – संस्थाको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता इन्सेक प्रतिनिधि सप्तरीका मनोहर पोखरेलले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा हितनारायण लाल दास रहेको सो कार्यक्रममा ” मानवअधिकार उल्लंघनको घटनाहरु न्युनिकरण गर्न हामी जिल्ला प्रहरीले पनि सकृय साझेदारी भई यो अभियानलाई निरन्तरता दिदै विभिन्न किसिमका कार्यक्रमहरु गरिएको ” जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले आफ्नो विचार व्यक्त गर्दै “जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा जम्मा ८४४ वटा मुद्दाहरु रहेकोमा आर्थिक वर्ष २०७८/०७९मा घटेर ८३० र भदौ देखि कार्तिक सम्ममा २२९ वटा मुद्दा दर्ता भएको छ भने १४२वटा मुद्दा फछ्र्योट भइसकेको छ र ज्यानसम्बन्धी मुद्दा १४ वटा भएको मध्ये यो आर्थिक वर्षमा ९ वटा ज्यान सम्बन्धित मुद्दा दर्ता भएको “बताउनुभयो।
अन्तर्राष्ट्रिय मानव अधिकारको अवसर पारेर शनिबार मानव अधिकार दिवस र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन समारोहका अध्यक्ष मनोहर पोखरेलले- ” मानवअधिकार अहिले सर्वब्यापि बनेको छ। हरेक मानिसले सम्मानजनक जीवन बाँच्न सक्ने अधिकारको हाम्रो संविधानले प्रत्याभूत गरिएको छ । कसैलाई पनि राज्यले विभेद नगर्ने अनुमति प्रदान गरिएको छ ।राज्यले समानता, स्वतन्त्रता ,न्याय र स्वभिमानलाई उच्च बनाउन सकिंदै सबै भाषा, जाति, वर्ग, लिङ्ग लाई समान ढंगले आफ्नो नागरिक सम्झने छ र त्यो ढङ्गले समान प्रदान गरिनेछ भन्ने आजको यो सन्देश सरोकार बाला सम्म पुगोस् शुभकामना छ।” बताउनुभयो।
संजय सर्मा कार्यक्रम संचालक रहेको सो कार्यक्रममा प्रेस चौतारी सप्तरी शाखाका अध्यक्ष पत्रकार डम्बर राई,थान सिंह भंसाली लगायतका वक्ताहरुले मानवअधिकार सम्बन्धित आ-आफ्ना विचार व्यक्त गरेका थिए।