संपादकीय
मानव अधिकारको उल्लंघन नगरौं
मानव अधिकारको प्रत्याभूत गरौँ
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस हो। संसारमा मानवअधिकारको पूर्ण पालना भए समाजमा शान्ति स्थापना हुने हुँदा यो दिन हामी सबैले मानव अधिकार सम्बन्धित चर्चा गर्नु आवश्यक भएको छ।
प्रत्येक वर्ष १० डिसेम्बरका दिन अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइन्छ । सन १९४८ मा संयुक्त राष्ट्र संघको महासभाले मानव अधिकार घोषणा पत्र पारित गरीयो ,जो पाँच सयभन्दा बढी भाषामा अनुवाद गरी संसारको हरेक देशमा मानवअधिकार सम्बन्धित कानुनहरु बनाउनमा मद्दत पुर्याएको देखिन्छ।
अहिले मानव अधिकार भनेको खासमा मानिसको जन्मसिद्ध अधिकार हो। एउटा सम्मानित जीवनका लागि एउटा मानिसका लागि चाहिने सबै आधारभूत आवश्यकता मानव अधिकार भित्र पर्छन्।
हाम्रो देशमा मानव अधिकारको पुर्ण सुनिश्चिता संविधानमा मात्र रहेको देखिन्छ, यथार्थमा देखिएको छैन। मानवअधिकार उल्लंघनका घटनाहरु वर्षेनी समाचारहरू सुन्न पाउँछौं। बहुसंख्यक जातिले अल्पसंख्यक जातिमाथि गरिने सबै प्रकारका अत्याचार ,दमन र झुट्टा मुकदमाहरु लगाएर मानसिक यातना दिनु, महिलाहरुमाथि हिंसा गर्नु, मानसिक यातना दिनु आदि घटनाका समाचारहरु मानवअधिकार बिरुद्ध हून्।
संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष विभिन्न मुल नाराका साथ मनाइने जस्तै अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका यो वर्ष का लागि नारा ” मर्यादा ,सम्मान ,स्वतन्त्रता र न्याय” भन्ने आशय रहेको छ। यो नारालाई कार्यान्वयन गर्न हामी सबैको कर्तव्य हो। अत: मानवअधिकारको उल्लंघन नगरौं, मानवअधिकारको पालना गरौं।