.
ईमधेश न्यूज संवाददाता
२१ मंसिर २०७९/ जनकपुर
गुण्डा शैलिमा आशुतोष शिशु आश्रमको( विद्यालयको)( मानहानी)मान मर्यादा मर्दन गरेको बहालबाला संंस्थापकहरुलाई नेपाल प्याब्सन धनुषाले भर्त्सना गर्दैभविष्यमा आईलाग्ने अवरोध प्रति प्रतिकार गर्ने तथा कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।
विना अनुमतिको आश्रम भित्र प्रवेश गरि अन्य संगठनका केही बहालवाला ब्यक्तिहरुले मेरो विद्यालयका विद्यार्थीलाई हाम्रो अनुमति बेगैर भर्ना गरिएको भन्दै विद्यालयको बेन्च – टेवल तोडफोड गर्दै गाली बेज्जती गरेको विरोधमा सो विज्ञप्ति द्वारा चेतावनी दिएको हो।
जनकपुरधाम उपमहानगरपालिका वडा नं.— ७ मा स्थित नेपाल प्याब्सन धनुुषा संग आबद्ध सदस्य विद्यालय आशुतोष शिशु आश्रममा २०७९ मंसिर १६ गते शुक्रबारको दिन दिउँसो ३ बजे केहि बहालबाला नीजि विद्यालयका संस्थापकहरु क्रमशःअमरेन्द्र झा,सुजित मिश्र,आशिष झा,अमन यादव,दिपेन्द्र चौधरी लगायतका ८ जनाको समुहमा आई गुण्डा शैलिमा डेस्क—बेञ्च तोड्ने, विद्यालयलाई क्षति पुर्याउने,विद्यार्थी माथि रहेको बक्यौता लेबी सहित असुली गर्ने जस्तो धम्कीपूर्ण शब्दहरु प्रयोग गरी यस आशुतोष शिशु आश्रमको मान मर्यादा मर्दन गरेको र उक्त कार्यले यस विद्यालयको पठ्नपाठ्न र विद्यार्थी तथा अभिभावकमा मानसिक पिडा परेको ठहर गरी उक्त कार्यको नेपाल प्याब्सन धनुषा परिवार घोर भत्र्सना गर्दछ । विद्यालय विद्याको मन्दिर मानिन्छ जहाँ कुनै पनि खराव तत्वको अत्याचार निषेध गरिएको हुन्छ । त्यसकारण पनि विद्यालयलाई शान्ति क्षेत्रको रुपमा समेत नेपाल सरकारबाट घोषणा गरिएको छ । यसबाट सो विद्यालयलाई पर्न गएको भौतिक तथा मानसिक क्षतिको सम्पूर्ण जिम्मा ती संस्थापकहरुले नै लिनु पर्ने र यसको क्षतिपूूर्ति पनि ती संस्थापकहरुले नै सिघ्र गर्नुपर्ने नेपाल प्याब्सन धनुषाले जोडदार माँग गरेको छ । साथै अब आइन्दा यस किसिमको कार्य भविष्यमा दोहोरिए, नेपाल प्याब्सन धनुषा कडा भन्दा कडा रुपमा प्रस्तुत भई प्रतिकार गर्ने र कानुनी उपचार समेत खोज्ने चेतावनी दिदै सम्बन्धित संस्थापकहरुलाई जानकारी गराएका छन् ।