मंसिर १७ शनिबार ,राजबिराज । आज अन्तराष्ट्रिय अपाङ्गता दिवस हो । सन १९९२बाट संसराभरी विश्व अपाङ्गता दिवस मनाउन थालिएको हो । संसारका हरेक देशका सरकार तथा संघ संस्था, संगठनहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकता राख्ने र समान वातावरण दिने प्रतिवद्धता राखेका हुन्छन् । आजको उक्त विषयहरुमा सम्झना तथा मुल्याङ्कनका लागि पनि विभिन्न कार्यक्रमहरु गर्ने गर्दछन् ।
हाम्रो देशमा पनि आज राष्ट्र स्तरमा सरकार तथा आबद्ध संस्थाहरु द्वारा अपाङ्गता सम्बन्धी विभिन्न कार्यक्रमहरुको आयोजना गरिएका होलान । हरेक क्षेत्रहरुमा अपाङ्गताहरुको सहज पहुँच तथा समान अधिकार पाउने पैरवी गर्ने यी संंस्थाहरु ले वर्षभरि गरिएका कार्यहरुको पनि मुल्याङ्कन गर्ने गर्छन यो दि न ।
संयूक्त राष्ट्र संघले यस पटकको विश्व अपाङ्गता दिवसमा अपाङ्ग भएका व्यक्तिहरुको मर्यादा अधिकार र कल्याणका लागि अपाङ्गता सम्बन्धी मुद्दाहरुको बुझाईलाई प्रबद्र्धन गर्ने र समर्थन जुटाउने लक्ष्य राखिएको छ । जसको पालना गर्न सबै देशहरु तयार पनि देखिन्छ ।