मुलुकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका लागि निर्वाचन सम्पन्न भएको छ र सो को मतगणना जारी छ। हाल सम्मको मतपरिणामले कुनैपनि राजनीतिक दललाई बहुमत प्राप्त भएको अवस्था छैन्।
बिगतमा नेपाल कम्यूनिष्ट पार्टी एमालेको एक स्थिर सरकारलाई षडयन्त्रपूर्ण तरिकाले विघटन गरी नेपाली कांग्रेसको नेतृत्वमा परमादेशको सरकारको स्थापना भयो। जो कार्यमा सत्तामा रहेका एमाले भित्र कै केही स्वार्थी शिर्ष नेताहरुले कांग्रेसलाई साथ- सहयोग दिए र सम्पन्न निर्वाचनमा पनि गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका थिए।
सत्ताकै लागि गठबन्धन गरेर सत्ता गठबन्धनको नाम पाएकाहरु पनि राम्रो परिणाम ल्याउन सकेनन्। नं जनताले ति दल तथा नेताहरु माथि विश्वास गर्न सकिएको देखिदैन,बरु नयाँ दल तथा नेताहरुलाई मन पराएको तथ्य हामी सामु छ। यद्यपि छल-बलले धेरै सिटहरु ल्याउन सफल भएकै हुन्।
सरकार विघटनको सन्दर्भमा सरकार तथा पार्टी चलाउन नसकेको एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओली माथि पनि आरोप नलागेको पनि होइन।तर साढे दुई वर्षे सरकारको कार्यकालमा भएको विकास कार्यलाई केलाउदै जनताले नेकपा एमालेलाई देशमा राजनीतिक बढी मत दिएर ठुलो राजनीतिक दलकाे रुपमा स्थापित गरिएको देखिन्छ।
नेपाली कांग्रेसको सरकार छदाछदैं गठबन्धनका झलनाथ खनाल, बालकृष्ण खाँड, सुरेन्द्र चौधरी हारेका ठाउँहरुमा धाँधली भयो रे आरोप लगाउन पनि पछि परेनन्।
निश्चित रूपमा निर्वाचन क्षेत्रलाई आफ्नो जमिनदारी ठान्ने र ठेक्का लिनेहरुबाट विश्वस्त भएर चुनाव लडेकाहरुको परिणती यस्तै हुन्छ । अब अन्त्यमा, सत्ता गठबन्धनका दलहरुबाट सुन्नु पर्नेछ, ‘अन्तर्घात भयो’, ‘भोट ट्रान्सफर भएन’, ‘लिन मात्र जान्दछ, दिन जान्दैन’, ‘भोट लिए बदलामा धोखा दिए ।’ यथार्थमा सबै सार्वभौम मतदातालाई आफ्नो कार्यकर्ता मानेर अन्तरपार्टी निर्देशन जारी गर्न सकिदैन् भन्ने यिनीहरुले भुले । मतदातालाई दास सम्झिदाको परिणाम धेरैलाई अप्रत्याशित लाग्न सक्छ । जनता दास होइनन्, मालिक हुन् भन्ने जजस्ले बिर्से त्यस्कै परिणति हो हार ।
मुलुक एकपल्ट पून: अन्ध्यारोमा जाने अवस्थाको सम्भावना प्रवल भएको छ, सरकार बन्ने र विघटन हुने अवस्थाको सम्भावना। देश हाँक्ने शिर्ष नेताहरुले अझै पनि देश समृद्ध पार्न र जनताको स्तर उन्नती -प्रगति गर्नका निम्ति उत्कृष्ट दृष्टिकोण भएका राजनीतिक दल र तिनका नेताहरुलाई सरकार बनाउने तर्फ उन्मुख हुनु आवश्यक भएको छ।