जितेन्द्र यादव
सप्तरी/ मंसिर १० गते।
सप्तरीको क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी द्वारा सनिवार विशाल विजयी जुलुस निकालिएर क्षेत्र भरि परिक्रमा गरिएको छ।
सप्तरीको क्षेत्र नम्बर -१ बाट जनता समाजवादी पार्टीका केन्द्रीय नेता एवं मधेश प्रदेशका समाजिक बिकास मन्त्री नवलकिशोर साह प्रतिनिधि सभा सदस्य पदका लागि भारी मतले विजयी हुनुभएकोमा सो विजयी जुलुस प्रदर्शन गरिएको हो।
क्षेत्र नम्बर -१ को दक्षिणी भेगका हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-१४, रम्पुरा मलहनीया बाट प्रारम्भ भएको सो जुलुस क्षेत्रको उत्तरी भेगमा पुगेर समापन गरिएको थियो। नेता साहले नेपाल कम्यूनिष्ट पार्टी एमाले र जनता समाजवादी पार्टी नेपालको संयुक्त आयोजनामा सप्तरी जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका थिए र वहाँ २३ हजारभन्दा बढी मत प्राप्त गरेका थिए। वहाँको निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीको उम्मेदवार जयकान्त राउतले लगभग ३ हजार बाट पछाडि परेका थिए।