उमेश यादव
मंसिर २ गते/ राजबिराज।
सप्तरीको खडग नगरपालिका वडा नम्बर ५, रंजितपुरमा शैलेन्द्र यादव माथि सुतेको अवस्थामा कांग्रेसका कार्यकर्ताहरु द्वारा संघातिक हमला भएको छ।
कांग्रेसको पक्षमा प्रचार प्रसार नगरि जसपाका उम्मेदवारहरुलाई आफ्नो कामतमा बोलाएको निहुँमा कांग्रेसका कार्यकर्ताहरु द्वारा राति ०८/०० बजेतिर सुतेको अवस्थामा ओछ्यानमै संघातिक हमला गरिएको हो।
पिडित यादवको अंग एवं अनुहारमा निलडाम बेसरी रहेको हुदा उपचार भइरहेको छ।
यादव सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर १०, खडगपुर निवासी खडग नपा वडा नम्बर ५, रणजितपुरमा आफ्नो कामतको घरमा रहँदा जनता समाजवादी पार्टी नेपालका नेता – कार्यकर्ताहरु भेट्न आएको हुँदा जसपाको प्रचारप्रसार किन गरिएको भन्दै निहुँमा कांग्रेसका क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तेजुलाल चौधरी का आफन्तहरु केस्राहा विद्यालयको प्र.अ. गणेश चौधरीको छोरा सुनील चौधरी र भाई राधेश्याम चौधरी लगायत ७/८ जना मिलेर पिडित यादवको घर भित्र प्रवेश गरि ओछ्यानमै अंधाधुन पिट्ने गरिएको पिडित यादवले बताउनुभयो।