लिलाकान्त यादव,
राजविराज, २८ कार्तिक ।
सप्तरीको हनुमाननगर कंकालिनी नपाको भारदह स्थित रोयल सेकन्डरी स्कूलमा छात्र सांसद शिर्षक राखेर बतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतिनिधि सभा सदस्य पद एवं प्रदेश सभा सदस्य पदका लागि मंसिर ४ गते हुन लागेको निर्वाचनको समय सापेक्ष छात्र सांसद शिर्षक राखेर सांसदको काम कर्तव्य, अधिकार सम्बन्धी ज्ञान तथा सो बोल्ने सम्बन्धमा छात्रछात्राहरुले अभ्यासको उद्देश्यले सो प्रतियोगिता सम्पन्न भएको हो ।
सम्पन्न प्रतियोगितामा जम्मा १५ जना छात्रछात्राहरुले सहभागी भएको कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल दिनेश कुमार यादवले गर्नु भएको थियो भने निर्णायक समितिमा विद्यालयका शिक्षक श्रवण मंडल, नविन मंडल, पुजा दास, संगिता दास रहेका थिए ।
शिक्षक नरेश झाले कार्यक्रम संचालन गरिएको सो प्रतियोगितामा कक्षा ७ का महेश राय प्रथम, कक्षा ८ का कृष्ण मंडल द्धितिय र कक्षा ९ का सावन राय उत्कृष्ट श्रेणीमा परेका थिए ।
उत्कृष्ट छात्रछात्राहरुलाई विद्यालयबाट भोली कापीकलम आदिले पुरस्कृत गरिने शिक्षक श्रवण मंडलले बताए ।