भूपदेव माली
कार्तिक १९ गते/राजबिराज।
बैरवामा नेपाल कम्यूनिष्ट पार्टी एमाले र जनता समाजवादी पार्टी नेपालको संयुक्त चुनावी सभा शनिबार सम्पन्न भएको छ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि र प्रदेश सभा सदस्य पदका लागि निर्वाचन सन्दर्भमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नवल किशोर साह ( राम बावु) र प्रदेश सभा सदस्य पदका उम्मेदवार सुदम्बर यादवलाई जिताउने उदेश्यले सो सभा गरिएको हो।
सप्तरीको कन्चनरुप नगरपालिका वडा नम्बर १’ भैरवा स्थित हिन्दू -मुस्लिम टोलको चपुतरामा सम्पन्न सभामा जसपा नेपालका नेता एवं मधेश प्रदेशका समाजिक बिकास मन्त्री नवलकिशोर साह र नेकपा एमालेका केन्द्रीय सदस्य एवं सप्तरी जिल्ला ईन्चार्ज दिवाकर देवकोटाले क्षेत्र नम्बर १ को विकास गर्ने प्रतिबद्ध संगै आ-आफ्नो पाटीको अवधारणा सम्बन्धमा मन्तव्य राखेका थिए।
गरभी पंजियारको अध्यक्षतामा सम्पन्न सो सभाको संचालन चितरंजन यादवले गरेका थिए भने प्रदेश सभा सदस्य पदका उम्मेदवार सुदम्बर यादव लगायत दुबै पार्टीको नेताहरुले मन्तव्यमा उपरोक्त उम्मेदवारहरुको पक्षमा मतदान गर्न आग्रह गर्नुभएका थिए। कार्यक्रममा मुस्लिम महिला सहित पाँच सय भन्दा बढी मानिसहरूको उपस्थिति रहेको थियो।