भूपदेव माली
कार्तिक १८ गते/राजबिराज।
सप्तरीको क्षेत्र नम्बर ३(ख) का जनताले एक इमान्दार नेताको रुपमा ममाथि विश्वास गरेकाले मलाई नै मतदान गर्ने छ कुरा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं पूर्व प्रदेशसभा सदस्य विदेश्वर यादव ( बिक्की बाबु)ले बताउनुभएको छ।
शुक्रबार मधेस न्यूजका भूपदेव माली सँग साक्षात्कार हुँदै नेता यादवले सो कुरा बताउनु भएको हो।
क्षेत्र नम्बर ३( ख )प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका नेता बिक्की बाबुले “हाम्रो पार्टीले नेकपा एमालेसँग चुनावी तालमेल गरिएको हुनाले दुवै दलका नेता -कार्यकर्ताहरुले यथोचित सहयोग गरिरहेको र म सधैं जानताको बिच रहेकोले यस पल्ट पनि यस क्षेत्रका जनताले मलाई नै मतदान गर्नेछ” बताउँदै उहाँले “मेरो कार्यकालमा यस क्षेत्रमा व्यापक विकास भएको र मधेशी जनताको हक अधिकारको लागी सधैं आन्दोलन गर्दै आएकोले मैले पुनः जितेर मधेसी जनताको हक -अधिकार दिलाउने मार्गमा सदैब अगाडि रहने” बताउनुभयो।
मेरो क्षेत्रमा यतिबेला पनि कृषियोग्य भूमिमा सिँचाइ गर्ने स्रोतको अभाव भएकोले सो को व्यवस्था मिलाउने ,बिद्यालयहरुमा पठन-पाठन व्यवस्थामा सुधार गर्ने, सडक व्यवस्था अझैपनि अस्तब्यस्त र जिर्ण अवस्थामा रहेकोले सो सडक समस्यालाई अन्त्ये गर्नेछु” नेता बिक्की बावुले बताउनुभयो।