भूपदेव माली
कार्तिक १८ गते/ सप्तरी।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर -१ भारदह स्थित भारदह अस्पतालबाट प्रदान सेवा-सुविधा र ब्यवस्थापन मापनको आधारमा मधेस प्रदेशका अस्पतालहरु मध्ये प्रथम श्रेणीमा परेको छ।
शुक्रबार नेपाल सरकार एवं एन.एस.आई. एन.जी.ओ.ले संयुक्त रुपमा भारदह अस्पताललाई मापन गर्दा सो अस्पताल ६०अंक ल्याएर मधेश प्रदेशका सम्पूर्ण अस्पतालहरु मध्ये प्रथम श्रेणीमा रहेको हो।
मधेस प्रदेशका समाजिक विकास मन्त्रालय अन्तर्गतका स्वास्थ्य विभागका महाशाखा प्रमुख मुक्ति साहको प्रमुख आतिथ्यमा एवं हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर विरेन्द्र माझीको अध्यक्षतामा सम्पन्न सो अस्पतालको न्युनतम मापदण्ड कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा उपमेयर सरिता यादव, नगरका प्रमुख प्रसासकिय अधिकृत हरिमोहन शर्मा ,कार्यकारी अधिकृत, स्वास्थ्य शाखा अधिकृत वीरेन्द्र यादव लगायतका उपस्थिती रहेको थियो।
अस्पतालको सेवा – सुविधाहरु एवं नेपाल सरकारले प्रदान गरिएको औषधीहरु विरामीलाई दिने कार्यमा ईमान्दारित, कर्मचारीहरुले आ-आफ्नो कर्तव्य प्रति देखाउदै आएको सक्रियता व्यवस्थापन सम्बन्धी प्रति वर्ष जाँच -मापन गरिने गरिएको आधारमा गत वर्षमा पनि भारदह अस्पतालले ५८ अङ्क ल्याएर मधेस प्रदेशको प्रथम स्थानमा रहेको कार्यक्रम संचालक भारदह अस्पतालका निमित्त प्रमुख धर्मेन्द्र कुमार खडगा ( सोनु)ले मधेस न्यूजलाई जानकारी दिए।