भूपदेव माली
कार्तिक १७ / सप्तरी।
नेपालको संविधानले प्रदत्त गरिएका स्वास्थ्य सेवा तथा स्वास्थ्यसम्बन्धी अधिकारहरू सतप्रतिशत कार्यान्वयन नभई रहेकोले सो क्षेत्रमा व्यापक सुधार गर्न मैले सप्तरीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएको डा. रोहित कुमार पोखरेलले बताउनु भएको छ।
शुक्रबार ईमधेश न्यूजका संवाददाता भूपदेव माली सँग साथ साक्षात्कार हुँदा डा. पोखरेलले सो कुरा बताउनुभएको हो।
सप्तरीको कन्चनरुप नगरपालिका वडा नम्बर-९ ,रुपनगर घर भई हाल काठमाडौंको विश्वविद्यालयमा शिक्षा शास्त्रमा प्रध्यापक तथा चिकित्सा सेवा प्रदान गर्दै आएका पोखरेलले आफ्नो निजी लगानीमा रुपनगरको चौक स्थित कृति नामक अस्पताल निर्माण गरी नेपाल सरकारलाई अर्थात सामुदायिक अस्पतालको रूपमा हस्तान्तरण गरि समाजसेवा कार्यमा उत्कृष्ट योगदान समेत दिएको बताउनुभयो। उहाँले यतिबेला नेपाली जनताले राजनीति दल तथा राजनीतिक दलका नेताहरूको क्रियाकलापबाट आजित भएर एक इमान्दार एवं स्वतन्त्र विचारका व्यक्तिलाई मतदान गर्ने पक्षमा रहेकोले मेरो जित निश्चित भएको दावी गर्नुभयो।मैले जितेमा म मेरो क्षेत्रमा अस्पतालहरूको निर्माण, दुधबाट बन्ने परिकारहरु को कारखाना ,आम बाट बन्ने जुसको कारखाना आदिको निर्माण गर्दै पूर्वी नेपालको प्रसिद्ध शक्तिपीठ भारदहकाे कंकालिनी भगवती मन्दिरलाई उत्कृष्ट पर्यटकीय स्थलको रुपमा विकास गर्ने कार्यक्रम ल्याउने,धर्मेश्वर मन्दिर ,विष्णु मन्दिर लाई पनि पर्यटकीय विकास गर्ने भन्दै सप्तरीको पूर्वपट्टी रहेको कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रको पश्चिमी भेगमा वन्यजन्तु अवलोकन गर्नका निम्ति पोईन्टहरूको निर्माण गरी पर्यटकीय विकास गर्ने बताउनुभयो।