भूपदेव माली
कार्तिक १७ गते/राजबिराज।
भारतीय उपमहाद्वीपका विभिन्न संस्कृतिहरू तथा लोकसंस्कृतिहरु मध्ये मिथिला लोकसंस्कृति एक उत्कृष्ट संस्कृति मिथिलाको संस्कृतिलाई गन्ने गरिन्छ। मिथिला संस्कृतिको आफ्नै पहिचान -संस्कार एवं व्यवहार रहेको देखिन्छ। मानिसमा शाकाहारी प्रवृत्ति हुनु, मानिस आध्यात्मिक प्रवृत्तिको हुनु, ईश्वरमाथि भरोसा गर्नु, संस्कारको एक अलग विधिविधान हुनु, स्त्री जातिमा लज्जाको भाव हुनु मिथिला संस्कृतिको विशेषता हो।
मैथिल भाषीहरुले श्रीमद् भागवत कथा श्रवण गर्नु र अष्टयाम संकीर्तन जस्ता धार्मिक अनुष्ठानको आयोजना गरी धर्मपथमा जाने इच्छुक हुन्छन् र यस प्रकारका अनुष्ठानहरुमा भजनकीर्तनले थप आकर्षकण बढाएको हुन्छ ।एक महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ।यस प्रकारको धार्मिक अनुष्ठानहरुमा उत्कृष्ट कलाकारको साथमा भजन -कीर्तन गर्ने एक जिल्ला सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर१ भारदहका श्री कंकालिनी संकिर्तन मण्डली हो ।जसको प्रबन्धक-ब्यवस्थापक भारदह निवासी बौकाई महतो हो।
बौकाई महतोले दशकौं देखि सङकिर्तन मण्डली स्थापना गरी परिचालन गर्दै आएको छ। जसको मण्डलीमा जिल्लाका विभिन्न ठाउँहरुबाट महिला कलाकारहरु, नित्यागंणी, गायिका र पुरुषमा पनि नृत्य कलाकार एवं संगितकार वद्ययन्त्र वादकहरु समावेश भएको देखिन्छ।
भारदहका अनुप खडगाले आयोजना गरिएको भागवत कथा तथा अष्टयाम- किर्तन अनुष्ठानमा बौकाई महतोको मण्डलीलाई पनि आमन्त्रित गरिएको थियो र सो मण्डलीले प्रदर्शन गरिएको नृत्य – गायनको जानकी प्रस्तुतिलाई हजारौं दर्शकहरुले मनपराएका थिए। प्रस्तुत छ बौकाई महतोको मण्डली द्वारा प्रस्तुति गरिएको केही भिडियोहरु र वहाँ संग गरिएको संक्षिप्त कुराकानी।