भूपदेव माली
सप्तरी/ कार्तिक १४ गते।
हिन्दूहरुका आस्थाको महान पर्व” छठ पर्व” आज देशभरका मानिसहरू हर्षोल्लासका साथ सम्पन्न गरेका छन्।
छड पर्व प्रारम्भ भएको चार दिनसम्म निरन्तर अनुष्ठान प्रक्रियामा पुरा गर्दै आज उदाउँदो ब्रतालुहरुले उदाउँदो सूर्य देवतालाई अर्ध्य दिएर समापन गरिएको हो।
यो यो पर्व मनाउने ब्रतालुहरुले हिजो दिनभरि उपवास बसेर ब्रतालुहरुले बेलुकी सूर्य अस्ताउने बेलामा ठकुवा,केरा,बैगन,मुला , नरिवल, फलफुल आदि विभिन्न प्रकारका पूजासामग्रीका साथ सूर्य देवतालाई अर्ध्य दिएर आज विहान पून: सूर्य उदाउंदैको अवस्थामा सूर्य देवतालाई अर्घ्य दिएर भोजन ग्रहण गरेका छन्।
घरपरिवार, समाजको कल्याण संगै सद्धभाव र भातृत्वको प्रतिक समेत मानिने यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नर – नारीले मनाउने गरेको देखिन्छ। शास्त्रमा छठ पर्वको महाभारतमा झिनो मात्र उल्लेख भए पनि १६ औं शताब्दीतिर भारतको बिहार राज्य स्थित देव भन्ने ठाउँबाट प्रचलनमा आएको छठ पर्व यतिबेला भारतको विभिन्न राज्य तथा नेपालमा पनि व्यापक रुपमा मनाउन थालिएको देखिन्छ र मधेसी मुलका प्राय: ८०% भन्दा बढी मानिसहरूले यो पर्वलाई आत्मसात गरिँदै यतिबेला नेपालका पहाडी समाजमा पनि व्यापक रूपमा मनाउन थालिएको देखिन्छ।