भूपदेव माली
राजबिराज, १२ कार्तिक ।
भारदहका बी.पी.स्मा.पब्लिक माध्यमिक विद्यालयको पठनपाठन प्रकृयामा सुधार एवं उच्च स्तरीय थप कक्षाहरू संचालन गर्नका लागि विद्यालयका भूतपूर्व विद्यार्थीहरुले आफ्नो सक्रियता देखाउँदै एक कार्यक्रम सम्पन्न गरेका छन्।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर 1 भारदह स्थित बि.पी. स्मारक पब्लिक माध्यमिक विद्यालय भवनमा भूतपूर्व विद्यार्थी परिवार द्वारा आयोजित मिलन कार्यक्रममा सो विद्यालय सम्वन्धित सकृयता देखाउदै कार्यान्वयन तर्फ उन्मुख भएका हुन्। इन्जिनियर शम्भु कुमार साहको अध्यक्षतामा सम्पन्न भएको सोही कार्यक्रममा भूतपूर्व विद्यार्थी परिवार बी.पी.स्मारक पब्लिक माध्यमिक विद्यालय भारदह नामक विधान समेतको विमोचन गरिएको थियो।
सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य ब्रजकिशोर मण्डलले राखेका थिए भने मंच सञ्चालन गर्न शर्माले गरेका थिएभने ईन्जिनियर श्यामसुन्दर मण्डल, जुझारु युवा संतोष कुमार मण्डल,प्रविधिक अमित कुमार मण्डल, विद्यालय व्यवस्थापन समितिका प्रभात कुमार मण्डल, विद्यालयका प्र.अ.प्रकाश गुप्ता लगायतकाले विद्यालय व्यवस्थापन, विद्यालय अनुशासन पठनपाठनमा सुधार एवं उच्च शिक्षा प्राप्तिका लागि थप कक्षा सन्चालन सम्बन्धि आ-आफ्ना विचार एवं छठ पर्व सामा चकेवा पर्वको अग्रिम शुभकामना दिएका थिए।
कार्यक्रममा ३ वर्ष नबित्दै अर्थात् आफ्नो कार्यकालमा विद्यालयमा पठनपाठनमा सुधार मात्र होइन कक्षा १२ सम्म जसरी भए पनि कक्षा सञ्चालन गरिने विपी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गाईमले प्रमुख अतिथिको आसनबाट बताउनुभयो।इन्जिनियर शम्भुकुमार साको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भूतपूर्व विद्यार्थी परिवार तदर्थ समिति गठन समेत गरिएको थियो। सो तदर्थ समितिमा अध्यक्ष पदमा ओमप्रकाश राउत, उपाध्यक्ष पदमा मुकेश कुमार मण्डल, सचिव पदमा आमिर कुमार माझी,सहसचिवमा पार्वती कुमारी ,कोषाध्यक्ष पदमा बिष्णु कुमार र सदस्यहरुमा प्रमोदकुमार रजक,सुमन कुमार मिश्र रहेका छन्।