भूपदेव माली,
राजविराज ०९ मंसिर ।
देशभरी कक्षा १२ का पहिलो दिनको परीक्षा मर्यादित रुपमा सम्पन्न भएको छ । २०७७ बैशाख ८ गते देखि प्रारम्भ हुने परिक्षा कोभिड १९ को विश्वव्यापी महामारीको कारण राष्ट्रिय परिक्षा बोर्ड, परिक्षा नियन्त्रण कार्यालय द्वारा स्थगित गरिएकोमा सो परिक्षा आज देखि प्रारम्भ गरिएको हो ।
विहान ८ः०० बजे देखि ९ः३० बजे सम्म सम्पन्न हुने समय निर्धारण गरिएको सो परिक्षा सम्पन्न गर्न राष्ट्रिय परिक्षा बोर्ड, परिक्षा नियन्त्रण कार्यालय भक्तपुरले परिक्षार्थीहरुको स्वास्थ्यलाई दृष्टिगत गरी परिक्षा स्थल तथा परिक्षार्थीहरुका लागि कोभिड संक्रमण विरुद्ध निर्धारित मापदण्ड पालना गर्नु पर्नेमा सो मापदण्डको पालना सहित आज पहिलो दिनको परिक्षा सम्पन्न भएको हो । मंसिर १६ गते सम्म हुने सो परिक्षा लागि देशभरिमा ४,३२,५०० परिक्षार्थीहरु रहेको राष्ट्रिय सुरक्षा बोर्डले जनाएको छ ।
सप्तरी जिल्लाका प्रायः हरेक परिक्षा केन्द्रहरुमा समाजिक दुरी, मास्क, सेनेटाईजर सहितको प्रयोग सँगै कोरोना संक्रमित परिक्षार्थीलाई सहभागी हुन नदिन स्वास्थ्यकर्मी द्वारा स्वास्थ्य जाँच गरी सँगै परिक्षा स्थलमा चोरी हुन नदिन सुरक्षकर्मी द्वारा मोबाईल फोन, समार्ट मोबाईल लगायत अन्य इलेक्ट्रोनिक डिभाईस सामग्री चेक जाँच (तलासी) गरि प्रवेश गराएको थियो ।
जिल्लाका हरेक परिक्षा केन्द्रहरुमा सुरक्षाकर्मीको कडा निगरानीमा सम्पन्न आजको पहिलो दिन परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि नगर द्वारा संचालित निरिक्षक टोलीको पनि सक्रिय भूमिका रहेको थियो ।