भूपदेव माली,,
राजविराज ०२ असोज ।
विश्वकर्मा पूजा गर्ने क्रममा गरिव असहायलाई राहत वितरण गरेका छन् । कोरोना महामारीको जोखिमको अवस्थामा यस वर्ष विश्वकर्मा पूजा पर्न गएकोले पूजाको सँगै गरिब असहाय, एक्कल महिलाहरुलाई राहत कार्यमा प्राथमिकता दिदै सप्तरीको महदेवा गाउँपालिका वडा नं. १ पकरी स्थित रहेको जय माँ काली कन्ट्रसन द्वारा सो राहत वितरण गरिएको हो । कम्पनीका प्रो. प्रतोस कुमार यादव द्वारा महिलालाई १–१ थान साडी र बालबालिकाहरुलाइृ १–१ थान कापी एवं शिशाकलम वितरण गरिएको संचारकर्मीलाई बताए ।
३० जनालाई साडि र ४५ जना बालबालिकाहरुलाई कापी एवं सिसाकलम वितरण कार्य यादवका आमा हंसा देवी यादवको हाथबाट वितरण गर्दै साँस्कृतिक नाचगानमा हुने खर्चको रकम बरु असहायहरुलाई राहत स्वरुप उचित भएको भन्दै सोही पूजनोत्सव कार्यक्रममा गरिब असहायहरुलाई राहत र एक छाकको भोजन समेत गराएको थियो ।
पूजा उत्सवको स्वरुप परिवर्तन गरी राहत वितरण कार्य सोही अवसरमा राखिएको सो कार्यक्रममा जसपा पार्टीका महदेवा गापा समितिका अध्यक्ष दिप ना. यादव, उपाध्यक्ष अशोक यादव, सचिव डम्वर ठाकुर, वडा नं. १ का अध्यक्ष बौवालाल यादव, महिला मंचका रेखा कुमारी यादव पत्रकार देवराम यादव लगायतका उपस्थिती रहेको थियो ।