भूपदेव माली
आश्विन १४ गते/ राजबिराज
नैपाल कम्युनिष्ट पार्टी एमालेका भातृ संगठन राष्ट्रिय युवा संघका सप्तरी द्वारा आयोजित पत्रकार सम्मेलनमा युवा संघका सप्तरी जिल्ला अध्यक्ष मनिष श्रेष्ठले भोलि १५ गते शनिबार दिउँसो ०१:०० बजे एमालेका राष्ट्रिय अध्यक्ष ओली सप्तरीको कन्चनरुप मा आयोजित जनसभालाई सम्बोधन गर्ने बताउनु भएको हो।
यही मंसिर ४ गते हुने प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी मधेश प्रदेशको पूर्व-पश्चिम लोकमार्गलाई केन्द्र बनाएर जनसभाहरु गरिने र सो सभालाई ओलीले सम्बोधन गर्ने अभियान तहत सप्तरीको उक्त स्थानमा भोलिको जनसभालाई ओलीले सम्बोधन गर्ने नेकपा एमालेका केन्द्रीय सदस्य एवं सप्तरी जिल्ला ईन्चार्ज दिवाकर देवकोटाले पत्रकारहरुलाई बताए।
लगभग पचास हजारभन्दा बढी मानिसलाई सभामा उतारिने लक्ष्य लिएर नेकपा एमाले सप्तरी द्वारा आयोजित सो सभालाई सम्बोधन गर्न नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, एमालेका अस्थायी समिति सदस्य प्रभु साह ,सहितका नेताहरुले सम्बोधन गर्न आउने प्रेस सम्मेलनमा सहभागी एमालेका केन्द्रीय सदस्य राजकुमार लेखीले बताउनुभयो।
कन्चनरुपको धरमपुर स्थिति चौरमा तयार पारिएको विशाल मन्चको नजिकै हेलिप्याडमा हेलिकप्टर अवतरण गरिने र हेलिकप्टरबाट ओर्लिएर मञ्चमा प्रमुख अतिथिको आशन ग्रहण गर्ने ओलीको सुरक्षाव्यवस्था युवा सघका स्वयंसेवकहरुले गर्ने एमालेका जिल्ला सचिव देवनाथ यादवले बताउनुभयो।