https://youtu.be/lg3hWm3doak .
भूपदेव माली
आश्विन १३ गते/ राजबिराज।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको प्रत्येक वडाबाट नगरपालिका कार्यालय पातोसम्म सडक निर्माण गरि जोडिने र सबै वडा – वडालाई सडक निर्माण गरि जोडिने मेरो पहिलो कार्य हुने डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मलाह (मुखिया)ले बताउनुभएको छ।
बिहीबार मधेश न्यूजका पत्रकारहरु संग साक्षात्कार हुदै मेयर मलाहले सो कुरा बताएका हुन्।
मेरो नगरपालिकामा बिकराल रुपमा रहेको सडकको समस्या र स्वास्थ्य समस्या हूँदा मेरो कार्यकालमा मैलै सबैभन्दा पहिले गर्नुपर्ने काम सडक निर्माण र स्वास्थ्य क्षेत्रमा सुधार गर्नु हो बताउदै मेयर मलाहले – नगरमा अवस्थित डाक्नेश्वरी देवी मन्दिर क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताउनुभयो।
नगरका सम्पूर्ण जनतालाई विजयादशमीको शुभ कामना व्यक्त गर्दै मेयर मलाहले नगरका सम्पूर्ण बुद्धिजीवी, राजनीतिकर्मी एवं आमजनताले साथ सहयोग दिए डाक्नेश्वरी नगरपालिकाका लाई एक नमुना नगरको रूपमा विकास गर्ने बताउनुभयो।