सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका शिक्षा शाखा अधिकृत ( वि.नि.) का मनपर्दी कार्यशैलीले गर्दा नगर अन्तर्गतका अधिकांश विद्यालयहरुका पठनपाठन प्रभावित भएको प्र.अ. हरुले गुनासो गरेका छन्।
दशैंको अवसरमा शुभकामना आदान प्रदानको बेला नगरका उपमेयर सरिता सिपलिया यादव एवं जनता समाजवादी पार्टी नेपालका प्रदेश सचिव शैलेश कुमार साह समक्ष आईतबार प्र.अ. राजदेव यादवको नेतृत्वमा नगरपालिकाका अन्तर्गतका प्र.अ.हरुले सो गुनासो गरेका हुन्।
आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा जसपाका नगर अध्यक्ष सन्तोष गोइत यादव, रामलखन मण्डल, हरिश्चन्द्र बर्मा लगायतका उपस्थिति रहेको थियो।
कार्यक्रममा प्र.अ.हरु द्वारा वि.नि. साहले गतबर्षको सशस्त्र छात्रा अनुदान फ्रिज गरी छात्राहरुले पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित गरेको मात्र नभई कक्षा -८ को बोर्ड परीक्षाको नतिजा समयमा प्रकाशित नगरी र परीक्षा वापत राज्यले प्रदान गरिएको रकम समेत लाई बेतिथी गरेको गुनासो गर्दै सो बाट निदान पाउन उपायबारे सलाह सुझाव बारेमा अपेक्षा राख्दा प्रतिउत्तरमा तपाईहरुले एक पल्ट नगरप्रमुख विरेन्द्र माझी एवं प्रमुख प्रशासकीय अधिकृत समक्ष आफ्नो गुनासो राख्ने प्रयास गर्नुहोस् त्यसपछि विनीको कार्यशैलीमा सुधार गरिएनभने हामी विपक्षीको भूमिका निर्वाह गर्दै तपाईंहरूको मुद्दालाई उठाउने छौं भनेका थिए।