भूपदेव माली
आश्विन ८ गते/ राजबिराज
यही आश्विन १५ गतेका दिन नेपाल कम्यूनिष्ट पार्टी एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओली सप्तरीको कंचनरुप नगरपालिका वडा नम्बर-१२ धरमपुरमा बिशाल जनसभालाई सम्वोधन गर्ने भएको छ।
सप्तरी जिल्लामा ने.क.पा. एमाले र राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीको विरुद्ध केही राजनीतिक दलहरू द्वारा फैलाईएको भ्रमलाई सत्य तथ्य कुराहरुको सम्वोधन गर्ने उद्देश्यले कंचनरुपको धरमपुर स्थित सुन्दरी खोलाको खुल्ला चौरमा आउने भएको हो।
ने.क.पा. एमाले नागरिक विधेयक विरोधी होइन भन्ने कुरा खण्डन गर्दै राष्ट्र हित , राष्ट्रिय रक्षाका लागि प्रहरीको रुपमा र देशका सर्वांगीण विकासका लागि एमालेको अवधारणा रहेको कुरा सप्तरी जिल्लावासीलाई सम्वोधन गर्ने उद्देश्यले हुने सो जनसभा कार्यक्रम सम्पन्न गर्न नगरवासीहरु तयारीमा लागिपरेका एमालेका सप्तरी जिल्लाको इन्चार्ज दिवाकर देवकोटाले जानकारी दिनुभयो।
सनिवार कंचनरुप स्थित एमालेको पार्टी कार्यालयमा आयोजित प्रेस चौतारी नेपाल सप्तरी शाखाको बैठकमा प्रमुख अतिथिको रुपमा आसिन मंचबाट सो जानकारी नेता देवकोटाले दिनुभयो।