https://youtu.be/jJYbPBiV6wo
भूपदेव माली
आश्विन ८ गते /राजबिराज
प्रेस चौतारी nepal सप्तरी शाखाको कार्यवाहक अध्यक्षमा डम्बर राईलाई शनिबार बसेको बैठकले चयन गरिएको छ ।
चौतारी सप्तरी शाखाका पूर्वअध्यक्ष खगेन्द्र कार्की केन्द्रीय सदस्यमा चयन भएपछि सो रिक्त अध्यक्ष पदमा राईलाई निर्णय गरी राखिएको हो।
सप्तरी शाखाको कार्यकारिणी समितिमा प्रदेश तथा केन्द्रमा जम्मा ४ जना पदाधिकारीहरु गएपछि सो रिक्त पदमा पदपूर्ति गर्ने हुँदा बसेको सो बैठकले अध्यक्षमा राईलाई र सह-सचिवमा उत्सव अचार्यलाई चयन गरिएको छ भने अर्को बैठकमा थप दुईजनालाई थप गरिने सम्पन्न बैठकद्वारा निर्णय गरिएको छ।
डम्बर राइको अध्यक्षता एवं नेकपा एमालेका केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटाको प्रमुख आथित्यमा सम्पन्न बैठकमा प्रेस चौतारी नेपाल प्रदेश कमिटी उपाध्यक्ष अर्चना परियार ,प्रदेश कमिटी सदस्य पिन्टु यादव लगायत प्रेस चौतारी नेपाल सप्तरी शाखाका सचिव शिव प्रसाद आचार्य कोषाध्यक्ष भुदेव माली लगायतका पत्रकारहरूको उपस्थित रहेको थियो।
सम्पन्न बैठकमा बिबिध बिषयहरुमा छलफल तथा निर्णय गर्दै यही आश्विन १५ गतेका दिन सप्तरीको कञ्चनरुप नगरपालिकाको वडा नम्बर १२धर्मपुर स्थित नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीको आगमन तथा जनसभा लाई संवोधन विषयको छलफल गरिएको संगै आउँदो मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा प्रेस चौतारी आवद्ध पत्रकारहरूको जिम्मेवारीबारे छलफल गरिएको थियो।