भूपदेव माली,,
राजविराज ०५ मंसिर ।
छठ पर्वको पहिलो दिनको अग्र्ध दिने अनुष्ठान देशभरी नै हर्षोल्लासका साथ मनाइएका छन् ।
सप्तरीका कोशी ब्यारेज , भारदह स्थित कंकालिनी भगवती मन्दिर निकट भारीदह (ताल), राजविराजको शिव मन्दिर निकटका पोखरी, लोहजारा दह , छिन्नमस्ता मन्दिर तथा जहाँ पनि बिभिन्न अन्य दह , ताल , नदि, पोखरीहरुमा हजारौं ब्रतालुहरुले छठ पर्व मनाउन उपस्थित भएका थिए ।
सदभाव अनि भातृत्वको प्रतिक सँगै प्रकृतिप्रति अटुट आस्थाको रुपमा रहेको यो पर्व नेपालको तराई केन्द्रित हाल हिमाल र पहाड समेतका मानिसहरु बडो हर्षोल्लास एवं श्रद्धापूर्वक मनाईने गरेका छन् । नदी, तालतलैया वा पोखरीको किनारामा श्रृगारिएर तयार पारिएका घाटहरुमा केराका थम्बा, झिलिमिली विद्युतिय बतिविच अस्ताउँदो सूर्यलाई पूजा सामग्री एवं दुग्धको अग्र्ध दिएर पहिलो चरणको छठ पर्व मनाएका छन् ।
कतिपय ठाउँहरुमा अन्य धर्मालम्बि समुदायका ब्यक्तिहरुले पनि छठी मईयालाई भाखल गरी पर्व अनुष्ठानमा सहभागी भएका पनि क्यौ उदाहरण छन् । भाखल गरिएका मनकामना पूर्ण भएपछि अगाध श्रद्धा सहित यो पर्वलाई अति महत्वका साथ मनाउने गरेका हुन्छन ।
चार दिन सम्म विधिवत मनाईने यो पर्वको पहिलो दिन अरबा अथवा नहाई खाइ, दोश्रो दिनलाई खर्ना भनिन्छ, तेश्रो दिनलाई सँझिया अध्र्य छठ भनिन्छ यो चाथौ दिन विहानी या अध्र्य वा पारण भनिन्छ । पारणको दिन छठ पर्वको विधिवत समापन भई प्रसाद ग्रहण गर्ने गरिन्छ । यो पर्व मनाउँदा कतिपयले पारम्परिक भजनकिर्तन, गीतसंगीत लगायत नाचगानको पनि आयोजना गरी पर्व स्थलको घाटमा रौनकतालाई आकर्षक एवं रमाईलो प्रदान गरिएका हुन्छन ।
यो पर्व मनाउँदा अग्र्धको सँगै सूर्यदेवतालाई चढाउने विभिन्न बनस्पति, फलफूल सँगै खिर तथा ठकुवाको वढी महत्व दिएको परम्परा छ । विना ठकुवाको यो पर्व हुनै सक्दैन भन्ने मान्यता छ ।
प्राचिनकालमा कर्णले प्राप्त गरेका अथाह एश्वर्य र शक्ति सवै छठ ब्रतालुको प्रभाव स्वरुप भएको मान्यता सँगै भारतको विहार प्रान्त स्थित देव स्थानमा अवस्थित सूर्यदेवको मन्दिरबाट बढी प्रचलित भएको हाल भारत लगायत क्यौं देशका हिन्दुहरुले यो पर्व मनाउँने गरेका छन् ।