भूपदेव माली
आश्विन ३गते / राजविराज
सप्तरीको तिरहुत गाउँपालिका वडा नं -४ स्थित डिमन माध्यमिक विद्यालय झण्डै ७ वर्षदेखि विद्यालय व्यवस्थापन समिति विहिन अवस्थामा रहेको छ।
विद्यालयका प्रधानाध्यापकको लापरबाहीले गर्दा र अभिभावकरुले विद्यालय व्यवस्थापन प्रति चासो नराख्नाले मिति २०७४को प्रारम्भ कालदेखि नै समिति विहिन भई भद्रगोल अवस्थामा रहेको हो।
स्थानीयहरू द्वारा निजी जग्गाहरू दिएर २०१६ सालमा विद्यालय स्थापना गरिएको क्रममा विद्यालय सञ्चालन गर्न श्रोतको लागि ३५ जनाले २१ बिगाहा जग्गा दान गरिएको भएपनि हाल विद्यालयको अभिलेखमा २१ बिगाहा जग्गा मात्र रहेको विद्यालयका प्रधानाध्यापक कपलेश्वर यादवले बताउनुभयो।
हाल विद्यालयमा कक्षा एकदेखि कक्षा बारह: सम्म संचालन रहेको र एक हजारभन्दा बढी विद्यार्थीहरु पठनपाठन गर्दै आएको भए पनि सो विद्यालय द्वारा आर्थिक वर्ष प्रारम्भ कालदेखि नै अभिभावक भेला आयोजना गर्दै आएपनि तेस्रो पटक मंगलबारको भेलामा पनि अभिभावकको उपस्थिति न्यून रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका लागि अवदेखि मापदण्ड अनुसार समिति गठन गर्न ५१ प्रतिशत अभिभावकको उपस्थिति भए मात्र सो भेला बाट छनौट भई आएका द्वारा समिति गठन गराउने अभिभावक बिश्वनाथ यादवले बताए।
विद्यालयमा व्यवस्थापन समिति गठन हुन नसकेपछि हालसम्म पनि विद्यालय श्रोतको लागि प्रदान गरिएको जग्गाहरू जग्गाधनी कै नाममा रहेको र कतिपय जग्गादाताहरुले आफूले दिएको जग्गा फिर्ता लिने प्रयासरत रहेको स्थानीय बुद्धिजीवी तेजनारायण यादवले बताए।
विगत कालको विद्यालय व्यवस्थापन समिति अन्तर्गत गैर अभिभावकको बाक्लो उपस्थितिका कारण हालसम्म पनि जग्गा दाताहरुले प्रदान गरिएको जग्गाहरू विद्यालयको नाममा आउन नसक्दा अल्पत्र रहेको निवर्तमान वडाध्यक्ष मनोज यादवले बताए। वहाँले -” आफ्नो कार्यकालमा विद्यालय व्यवस्थापनमा सुधार गर्न पटक पटक बैठक बसेर अभिभावक भेला आयोजना गर्न र आय-व्यय को हरहिसाब प्रधानाध्यापक संग मागं गरेपनि अटेर गरेको ” बताउनुभयो।
विद्यालय परिसरमा हाल पाँच बिगाहा जग्गा रहेको भएपनि सो मध्ये केही जग्गाहरू हालसम्म पनि जग्गाधनी कै नाममा रहेको स्थानीय शिवदेव सदाले बताउनुभयो।