भुपदेव माली,
राजविराज, १५ भाद्र ।
मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवल किशोर साह र सप्तरी प्रतिनिधि निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा. सुर्यनारायण यादव द्वारा सप्तरी कंचनरुप न.पा.वडा नं –२ महादेवपटी स्थित मदरसा दारुल कुरानको संचालन गर्नका लागि एक कार्यक्रम बीच एक÷एक महिनाको पारिश्रमिक रकम दान गर्नुभएको छ।
सबै धर्म, भाषाको विकास तथा आफ्नो भाषामै शिक्षा पठनपाठन गर्न पाओस उद्देश्यले मदरसाहरूको ब्यवस्थापनको क्रममा सो एक–एक महिनाको पारिश्रमिक रकम प्रदान गरिएको हो।
मदरसा व्यवस्थापन समिति द्वारा आयोजित निरिक्षण तथा भेटधाट कार्यक्रमको सम्वोधन गर्नुहुदै मन्त्री साहले आफ्नो एक महिनाको पारिश्रमिक ७१ हजार नगद कार्यक्रममै हस्तान्तरण गरे भने प्रतिनिधि सभा सदस्य यादवले पनि खातामै पठाउने धोषणा गरेका छन।
चितरंजन यादवले मंच संचालन गरिएको हो कार्यक्रममा मधेश संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव,जसपा नेता भोला पासवान,जसपा कंचनरुप न.पा. जसपा अध्यक्ष सुदम्वर यादव,कंचनरुप न.पा.वडा नं १ का वडा अध्यक्ष रव्वान खान लगायतका सहभागी रहेको थियो ।
महादेवपट्टी मुस्लिम बाहुल्य वडा भएको हुँदा मुस्लिम समुदायका मानिसहरूले आफ्नो मदरसामा प्रदान गरिएको उक्त रकम पाउंदा खुशी हुँदै मन्त्री एवं सांसदलाई धन्यवाद ज्ञापन गरेका थिए।