भूपदेव माली
श्रावण २१ गते/ राजबिराज
नेपालकै सबैभन्दा पहिलो नहर ‘चन्द्र नहर ‘ यतिबेला टुट्ने सम्भावना प्रबल भएको छ।
सप्तरीको सप्तकोशी नगरपालिका वडा नं -४ बलारदहको तुलसी चौक स्थित नहरको पश्चिम पट्टी चुरिया पहाड बाट निस्किने विभिन खोलाहरुलाई नगरपालिका द्वारा बांध बांधिएर टेगंरी खोलामा मिलाएको हुँदा खोलामा अत्यधिक पानीको चापले गर्दा नहरको संकिर्ण साईफनले भार थाम्न नसक्दा सो ठाउँमा नहर टुट्ने सम्भावना प्रबल भएको हो।
सप्तकोशी नगरपालिकाको तत्कालीन मेयर उत्तमकुमार गौतमको कार्यकालमा नहरको पश्चिमी भेगमा जंगल फडानी गरेर बसोबास गरेका नयाँ वस्तीमा रहेका मानिसहरूको र नहरको पूर्वी पट्टीको विभिन्न साइफनको छेउहरुमा बसोबास गरेका मान्छेहरूको संरक्षण सम्बर्धन गर्ने उद्देश्यले नहरको पश्चिमपट्टि चुरिया पहाड बाट निस्किने मूर्ति ,झारखण्ड, अमाहा जस्ता विभिन्न स-साना खोलाहरुको मुहान जेसिपी बाट खनेर छेउमा बाँध बानी टेगंरी खोलामा गाँसिएर नहरको अन्य साइफन बाट निस्किने पानीको मुहान बन्द गरेको हुदा पनि टेगंरी खोलाको छेउमा रहेका स्थानिय लिलाकान्त चौधरी, नन्दकुमार राई आदिको ६० बिगाहा भन्दा बढी खेतिहर भूमिको जग्गा बगरमा परिणत भएको स्थानीय महेन्द्र चौधरीले बताए।
यसरी नै सो साइफन बाट तिव्र गतिमा निस्किने पानीको बहावले गर्दा कंचनरुप – फत्तेपुर सडक खण्ड समेतलाई कटान गरी सडकको पुर्वमा रहेका पचासौं बिगाहा क्षेत्रफलमा रहेका धानको बालीलाई बालुवा पुरिएर बगरमा परिणत गरेको हुदा जग्गा धनी महेन्द्र प्रसाद चौधरी,राम बहादुर बस्नेत, नवराज आचार्य, कटुवाल परिवार समस्यामा परेका राम बहादुर बस्नेतले गुनासो गर्दै बताउनुभयो।
नयाँ बस्तीलाई जोगाउने उद्देश्यले नहरको पश्चिमी भागका सम्पूर्ण खोलाहरु लाई टेगंरी खोलामा गाँसेको कारण नेपालको राणा शासन समयमा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर राणाको अन्तिम कार्यकाल विक्रमसंवत् १९७९ सालमा नहरको निर्माण सुरु भई ६ वर्ष पश्चात् विक्रम संवत १९८५ मा शुभारम्भ भएको सो नहर यतिबेला टुट्ने स्थितिमा पुगेको छ। यदि उत्पन्न समस्याले गर्दा नहर टुट्यो भने सप्तरीको सप्तकोशी नगरपालिका ,कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका , महदेवा गाउँपालिका ,अग्निसाइर कृष्णा शवरण गाउँपालिकाका हजारौ बिघा जग्गा सिंचाई हुनबाट बन्चित हुने स्थानियहरुले बताउँछन्।