भूपदेव माली
श्रावण १५ गते/ राजबिराज
देशको हरेक कुनाकाप्चामा सर्वांगीण विकास पुर्याउनका लागि संघीयता व्यवस्था हुनु आवश्यक भएको मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले एक कार्यक्रम बीच बताउनुभएको छ।
आईतबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-६ योगिनियाको मुस्लिम टोल स्थित मदरसा रियाजुल जन्नह विद्यालयमा नवनिर्मित दूई कोठे भवनको उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै सो कुरा मन्त्री साहले बताउनुभएको हो।
वहाँले ” आज देश संघीयतामा जाँदा नै प्रदेश तथा स्थानीय सरकारको माध्यमबाट हरेक टोल टोलमा विकास सम्भव भएको बताउनुभयो।
मधेश प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय बाट कूल ४० लाखको लागतमा नवनिर्मित पक्की भवनको उद्घाटन समारोहमा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको प्रमुख तथा सामाजिक विकास इकाई सप्तरीको प्रमुख दुनिया लाल यादव, सप्तरीको वन कार्यालय प्रमुख, वडा नम्बर-९ का वडाध्यक्ष हरिश्चन्द्र बर्मा, लगायत जसपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन जसपाका नेता रामचन्द्र साहले गरेका थिए भने अध्यक्षता मो. इसराइल मंसुरीले गरेका थिए।
यसरी नै मन्त्री नवलकिशोर साहले सोही वडाका पश्चिम टोल स्थित एक ६० लाखमा नवनिर्मित सामुदायिक भवनको उद्घाटन गरेका थिए।
जिल्लामा विकास प्रेमीको नाम बाट चिनिने मन्त्री साहले कंचनरुप नगरपालिका वडा नम्बर-१०, बदगामा- भोडहा स्थित श्री आधारभूत विद्यालय भोडहामा नवनिर्मित भवनको उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै निकट भविष्यमा जिल्लाको हरेक विद्यालयहरुमा पकी भवन निर्माण गरिने बताए।
भोडहामा आयोजित कार्यक्रमको अध्यक्षता जसपाका नेता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चितरंन यादवले गरेका थिए भने मंच संचालन विद्यालयका प्रधानाध्यापकले गरेका थिए।
सम्पन्न कार्यक्रममा कंचनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले ” मन्त्री साहले मलाई साथ सहयोग दिए म मेरो नगरपालिकामा तत्कालीन दुई वटा विद्यालयमा बोर्डिङ स्कुल झैं अंग्रेजी भाषाको माध्यमबाट पठनपाठन गर्न लगाउने बताउनुभयो। सोही कार्यक्रममा दुनियालाल यादवले” मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह जस्तै देशका सबै मन्त्रीहरु ईमान्दार र विकासप्रेमी भए केही वर्ष पछि हाम्रो देश पनि एक विकशित देशको रुपमा हुने बताउनुभयो।