.
भूपदेव माली
सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर ५ रामनगर कोदरकट्टी जिल्लाकै दुर्गम वडाको रुपमा रहेको थियो ।देश संघीयतामा जानु भन्दा पूर्व गाउँ टोलको बाटोहरु अबस्था लथालिङ थियो। वर्षाको समयमा बाटोहरुमा हिलो नहिलो हुने गर्दथ्यो। अव्यवस्थित बसोबास तथा देहाती आचरण भएका मानिसहरू बोलबाला ले गर्दा विकास हुन सकेको थिएन ,वर्षायाममा गाउँटोलका कुनै मानिस बिरामी पर्दा उपचारका लागि भारतको बाटो भएर राजविराज जाने गर्दथ्यो ,तर देश संघीयतामा आयपछि स्थानीय विकासको आधारमा जिल्लाकै एक नमुना गाउँको रुपमा परिवर्तन भएको छ।
खासमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडाध्यक्ष को पदमा विन्देश्वर यादवले पदभार ग्रहण गरेपछि रामनगर कोदरकट्टीको लागि व्यापक विकास गर्न सफल भूमिका निर्वाह गरेको पाइन्छ। अध्यक्षले नगर तथा वडाको योजनाहरुमा मात्र सीमित नभएर प्रदेश समेतको बजेट तथा योजना द्वारा विकास कार्य गरेको छ, यो कार्यमा प्रदेशसभा सदस्य अभिषेक यादवले साथसहयोग गरेका थिए।
वडाध्यक्षको यादवको अथक प्रयासले वडामा कबीर मठको विशाल भवन निर्माण ,विष्णु मन्दिर प्राङ्गणमा धर्मशालाको निर्माण, भव्य एवं आकर्षक विष्णु मन्दिरको निर्माण, विद्यालयमा कक्षा १२ सम्म पठनपाठनको सुरुवात तथा हरेक गल्ली गल्लीहरूमा आर.सि.सि. ढलान जस्ता कार्य गर्न सफल भएको हुनाले नै गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा पनि जनताले दोस्रोपटक पुन:वहांलाई वडाध्यक्षको रुपमा विजयी गराएका छन्। अध्यक्ष यादवको प्रयासले गाउँको पाँचवर्ष पहिलोको अबस्था र यतिबेलाको अवस्था मा पूर्ण परिवर्तन भएको उदाहरण बन्न पुगेको छ। जनताले उहाँसँग अझ पनि यसै प्रकारको विकास हाम्रो गाउँ टोलमा होस् भन्ने उद्देश्यले पून वहाँलाई वडाध्यक्ष पद प्रदान गरेका छन्।