भूपदेव माली,
राजविराज ०३ मंसिर ।
भारदह अस्पताललाई जिल्लाको एक उत्कृष्ट एवं जिल्ला स्तरीय अस्पतालको रुपमा स्थापना गर्न तत्पर रहेको प्रदेश २ का समाजिक मंत्री नवलकिशोर साहले बताउनु भएको छ । वहाँले यस अस्पतालबाट सप्तरी जिल्ला लगायत विहारका वीरपुर, भिमनगर तथा कुनौली क्षेत्र र प्रदेश १ का कोशी गापा लगायतका जनताहरुले स्वास्थ्य लाभ लिन सक्ने भन्नु भयो । सप्तरीको हनुमाननगर कंकालिनी नपा १ भारदह स्थित भारदह अस्पतालको प्राँगणमा आयोजित ५० शैया बेडको भवन शिलन्यास कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
नगरका उपमेयर सरिता गिरी यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादव रहेका थिएभने अतिथिहरुमा तिरहुत गापाका अध्यक्ष मनोज बहडखेर, कंचनरुप नपाका मेयर बंशन्त मिश्रा, तिरहुत गापाका उपाध्यक्ष तिर्थमाया खंग, हनुमाननगर कंकालिनी नपाका २ का वडा अध्यक्ष संतोष यादव, वडा नं. ३ का वडा अध्यक्ष विजय कुमार यादव, वडा नं. ४ का वडा अध्यक्ष नागेश्वर यादव लगायत नगरका १४ वटै वडा अध्यक्षहरु रहेका थिए ।
२०६५ सालमा कोशी नदीको पूर्व कुशहा स्थित बाँध टुटेका बेलामा भारदहमा सर्नागत रहेका बाढीपिडितहरुका लागि तत्काल ९ महिनाका लागि अस्थाई अस्पतालको रुपमा स्थापना भएको सो अस्पताललाई स्थाई रुप दिन स्थानियबासी लगायत मंत्री साहले संघर्ष गरिदै हाल १५ शैयाको अस्पताललाई ५० शैयाको स्विकृत गरी १ करोड १५ लाखको लागतमा १७ मिटर चौडाई एवं ३२ मिटर लम्बाई भवनको शिलन्यास भएको र निकट भविष्यमै अन्य भवनहरुको योजनाका लागि संघर्ष गरिने समेत प्रतिबद्धता ब्यक्त गरेका थिए ।
अस्पतालका सुपरिडेन्ट डा. कुन्दन ठाकुरले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको मंच संचालक घिरेन्द्र खडगाले गरेका थिए । अस्पताल स्थापना बारे समाजसेवी उमेश मिश्रााले बृहद जानकारी सहितका मन्तव्य राखेको सो कार्यक्रममा पत्रकार महासंघका सभापति जितेन्द्र खड्गा, पूर्व सभापति घिरेन्द्र साह, नेपाली सेना सप्तरी प्रमुख , सशस्त्र बलका जिल्ला प्रमुख, जिल्ला प्रशासक, इलाका प्रहरी कार्यालय भारदहका प्रतिनिधि लगायत उपस्थिती रहेको थिए ।
यसरी नै मंत्री साह द्वारा आज नै हनुमाननगर कंकालिनी नपा १० इनर्वामा एक कार्यक्रम विच छठ पर्व गर्ने ८२ जना ब्रतालु महिलाहरुलाई १।१ थान साडी सेट तथा ५००।५०० रु. नगद प्रदान गर्नु भएको राजकुमारले जानकारी गराए ।