भूपदेव माली
श्रावण ३ गते/राजबिराज
गाउँ पालिका अध्यक्ष द्वारा वडासिलिगं बजेटमा अन्य वडाहरुमा ७५ लाख र मेरो वडामा मात्र ४० लाख विनियोजन गरेर भेदभाव गरेको सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर ५ रामनगर कोदरकट्टीका वडाध्यक्ष विन्देश्वर यादवले बताउनु भएको छ।
सोमबार पत्रकारहरुसंग साक्षात्कार हुदै वडाध्यक्ष यादवले सो कुरा बताउनुभएको हो।
अध्यक्ष यादवले गत बैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनमा पहिलोपल्ट देशको मात्र दुईवटा पालिकाहरुमा प्रमुख पद पाएको अवस्थामा वडा -वडाको विकास कार्यमा भेदभाव गरिरहँदा उदय हुनुभन्दा पतन हुने बताउनु भन्दै उहाँले यस प्रकारको भेदपूर्ण व्यवहार नगर्न जनमत पार्टीका राष्ट्रीय अध्यक्ष डाक्टर सिके राउतलाई ध्यानाकर्षण समेत गराउनु भयो ।म जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडाध्यक्षकोमा निर्वाचित भएको हुँदा नै मसँग यसप्रकारको भेदभावपूर्ण व्यवहार गरिएको समेत बताउनुभयो।
मैले मेरो वडामा गत वर्षको कार्यकालमा पालिका अन्तर्गतका सबै वडाहरु भन्दा व्यापक विकास गरिएको दाबी गर्दै स्थलगत निर्माण कार्यको निरीक्षण गरी स्थलगत रिपोर्टिङ गर्न पत्रकारहरुसँग अनुरोध पनि गर्नुभयो। देश संघीयतामा आउनु भन्दा पूर्व मेरो वडालाई जिल्लाकै दुर्गम वडाको रुपमा चिनिने हुँदा मेरो ५ बर्षको कार्यकालमा गल्ली-गल्ली बाटो ढलान , धर्मशालाको निर्माण,मन्दिरहरुको निर्माण, विद्यालयमा कक्षा १२ सम्मको पठनपाठनको सुरुवात जस्ता उल्लेखनीय कार्य भएको बताउनुभयो।@Madhesh News