भूपदेव माली
आषाढ ३० गते/राजबिराज
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-१ भारदह स्थित पूर्व पश्चिम लोकमार्गमा ईलाका प्रहरी कार्यालय भारदह अगाडि मां भगवती यातायात प्रा.लि. द्वारा मैजिक सवारी साधन जाम गरेका छन्।
बिराटनगर राजबिराज गुड्ने विगंर चालक विच स्थानीय सवारीहरु वाहनमा बोक्ने सम्बन्धमा विवादका विषयमा सहमति हुन नसकेपछि मैजिक चालकहरु द्वारा मैजिक सवारी साधन टप्प गरेका हुन्।
प्रशासन द्वारा दुवै कम्पनी बिचको बिवाद सूल्झाउनका लागि दबाब स्वरुप सो जाम गरिएको कुरा मां भगवती यातायात प्रा. लि. का कोषाध्यक्ष जगन्नाथ दासले बताए। वहाँले हाम्रो समस्याको समाधान समयमै सामाधान गरिएन भने हामीले विगंर सवारी साधनलाई पनि सडकमा चल्न नदिने बताए।
केही दिन पूर्व लामो दुरीका सवारी साधन विगंरले स्थानीय सवारीलाई बोकिने गरेको विषयमा मारपीट हूदां सोखको छलफलमा हाम्रो कम्पनीले २१ हजार रुपैयाँ जरिवाना भरिएको थियो र पून: हाम्रो यात्रीहरू लाई आफ्नो सवारी साधनमा बोकेर लाने गरेकोले हामी मैजिकबालाहरु लाई छेत्ति हुने भएकाले हाम्रो समस्याको समाधान अविलम्ब हुनु पर्ने मां भगवती यातायात व्यवसायी प्रा. लि. का अध्यक्ष शैलेन्द्र ठाकुरले बताए।