भूपदेव माली
आषाढ २९ गते/ राजबिराज
सबैको साथ सबैका विकास मेरो नीति रहेको हुंदा सोही अनुसार पालिकाका विकास कार्य गरिने सप्तरीको महदेवा गाउँ पालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले बताउनुभएको छ।
बुधबार मधेश न्युजका टोलीले महदेबा गाउँ पालिका भ्रमण गर्ने क्रममा अध्यक्ष मण्डल संग साक्षात्कार भएको बखत सो कुरा बताउनुभएको हो।
म आफ्नो कार्यकालमा पालिकाका हरेक टोल टोलमा सडक निर्माण गरि बाजार ब्यवस्थापनको लागि अग्रसर हुने बताउनुभयो, उहाँले कृषि भूमि सिंचाई तथा मलखाद,बिउबिझन सरल रुपमा किसानलाई उपलब्ध गराउने दिशामा अगाडि रहने बताउनुभयो।
अध्यक्ष मण्डलले स्वास्थ्य सेवामा आवश्यक सुधार गर्न र लथालिङ्ग अवस्थामा रहेका विद्यालय का पठनपाठन क्षेत्रमा आवश्यक सुधार गर्ने कोशिस गर्ने बताउनुभयो।