भूपदेव माली
आषाढ २५ गते/ राजबिराज
सप्तरीमा श्रष्टा द्रष्टा खेमराज पोखरेलसँग साक्षात्कार तथा लघुकथा लेखन बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सप्तरीको कंचनरुप नगरपालिकाका वडा नं ७ आदर्श टोल स्थित साहित्यकार मेघराज पौडेलको निवास स्थानमा आयोजित सप्तरीका लघुकथाकारहरु लाई परिपक्व बनाउने उद्देश्यले सो प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। https://youtu.be/cdZowj6QDuc https://youtu.be/cdZowj6QDuc
लघुकथा पाठ्य श्रब्य दृश्य प्रतिष्ठान, सगरमाथा साहित्य परिषदको आयोजनामा एवं साहित्यकार मनोहर पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा साहित्यकार मेघराज पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको प्रमुख अतिथिको रुपमा आसिन खेमराज पोखरेल द्वारा नेपाली साहित्यको अन्तर्राष्ट्रिय जगतमा महत्व तथा लघुकथा लेखन बारेमा बृहत विश्लेषण सहितको प्रशिक्षण दिएको थियो।
सप्तरीको चर्चित कथाकार नन्दलाल आचार्यले सञ्चालन गरेको कार्यक्रममा गणेश बस्नेत,पुनम पोखरेल, लक्ष्मीकान्त चौधरी,दुर्गा निरौला,संतोष पौडेल,दिपक दहाल,ईश्वरी प्रसाद नेपाल, पत्रकार शिव प्रसाद आचार्य, पत्रकार भूपदेव माली लगायतका उपस्थिति रहेको थियो।