भूपदेव माली
आषाढ २४ गते/ राजबिराज
चुनावको क्रममा मैले आफ्नो घोषणा पत्रमा जनतासँग गरिएको प्रतिबद्धता पूरा गर्ने सप्तरीको कंचनरुप नगरपालिकाका नवनिर्वाचित मेयर ललन प्रसाद गुप्ताले बताउनुभएको छ।
बिहीबार पत्रकारहरुसंग साक्षात्कार हुदै सो कुरा मेयर गुप्ताले बताउनु भएको हो।
मैले प्रतिबद्धता गरेका कतिपय बिषयमा काम गर्न थाले र कतिपय कुराहरु सम्बन्धित निकायहरुलाई आग्रह समेत गरिरहेको भन्दै वहाँले आफ्नो कार्यकालमा हाम्रो नगरपालिकाको पूर्वमा रहेको कोशी टप्पु वन्य जन्तु आरक्षण बाट निस्केर अर्ना, निलगाई,बन्दैन, हात्ती जस्ता जंगली जनावरहरू बाट हुने धनजनको छेती बाट जोगिनका लागि मध्यवर्ती क्षेत्रलाई सोलार युक्त तारले घेराबन्दी गरिने र उक्त क्षेत्रका जनतालाई रोजगारी दिन विकल्प मार्गको ब्यवस्था तिर समेत रहेको बताउनुभयो।
मेरो नगरपालिका अन्तर्गतका अधिकांश जनताहरू कृषिमा आश्रित रहेका हुदा किसानहरूका लागि विभिन्न प्रकारका आधुनिक किसिमको खेती गर्ने प्रकृया अपनाउन आवश्यक सहयोग नगरपालिका बाट गरिने बताउनुभयो।