भूपदेव माली
आषाढ ५ गते /राजबिराज
बलान बिहुल गाउँपालिकामा चल्दै आएको पी.सी. लिएर काम गर्ने प्रथालाई अन्त्ये गर्ने मेरो पहिलो कार्य हुने सप्तरीको बलान-बिहुल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष खेम चन्द्र यादवले बताउनुभएको छ।
अध्यक्ष यादवले जनमत पार्टी बाट निर्वाचित भई पदभार ग्रहण गरेको केही दिन पछि पत्रकारहरुसंग साक्षात्कार हुदै सो कुरा बताउनुभएको हो।
अध्यक्ष यादवले-“मेरो पालिकाको कार्यालय भवन पनि नरहेकोले गाउँ पालिका का कर्मचारी तथा सेवाग्राहीलाई अफ्ठ्यारोको सामना गर्दै आउनु परेको समस्या समाधान गर्न एक बर्ष भित्रमा भवन निर्माण कार्य तथा पालिका अन्तर्गतमा एउटा १५ शैयाको अस्पताल निर्माण कार्य गर्ने बताउनुभयो”। वहाँले” मेरो गाउँपालिका भौगोलिक रूपमा पूर्वमा बिहुल, पश्चिममा बलान खोला र दक्षिणमा भारतको सिमाना जोडिएको हुनाले भीत्री देहातको रुपमा पछाडी परेको पालिका हुदा गाउँ- टोलको बाटो- सडक निर्माण कार्यमा प्राथमिकता दिँदै आफ्नो कार्यकाल समाप्ति भन्दा पहिले पालिकाको मुहार फेरिने” बताउनुभयो।
मेरो गाउँ पालिकाको अहिलेको स्वरूप भन्दा एक बर्ष पछि एक विकशित पालिकाको रुपमा परिवर्तित भएको पाउनु हुनेछ, तपाईहरु निरिक्षण गर्न अवश्य पनि आउनु होला” बताउनुभयो।