भूपदेव माली
आषाढ ३ गते/राजबिराज
मैले मेरो वडाका जनतासँग गरिएको प्रतिबद्धता पूरा गर्न लागिसकेको सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर-३ का नवनिर्वाचित वडाध्यक्ष विजय कुमार यादवले बताउनुभएको छ।
शुक्रबार पत्रकारहरु संग साक्षात्कार हुदै सो कुरा बताउनुभएको हो।
अध्यक्ष यादवले मैले वडाध्यक्ष पदमा निर्वाचित भए लगत्तै छिन्नमस्ता भगवती मन्दिरको वरीपरी फराकिलो सडक निर्माण कार्य तथा बाजार ब्यवस्थापनमा सुधार तर्फ कार्य गर्न सुरु गरीसकेको बताउनुभयो। मन्दिरको वरीपरी ढल निकासका पकी नाला निर्माण कार्यमा सक्रिय पूर्वक लागि परेको बताउनुभयो।
नयाँ आर्थिक वर्ष देखि मेरो वडाका बिभिन्न टोल तथा नदी- नाला समेतका योजनाहरु तर्जुमा गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मेरो कार्यकाल समाप्ति भन्दा पहिले नै वडाको मुहार फेरिसक्ने बताउनुभयो।