https://youtu.be/D6quEpRsyBM .
भूपदेव माली
असार २ गते/ राजबिराज
सप्तरीको भारदह राजबिराज सडक खण्डमा झलहीको पंपनहर स्थित विंगर चालकहरु द्वारा हडताल गरिएको छ।
हिजो १ गते बुधबार का दिन बिराटनगर बाट राजबिराज तर्फ आउने गर्दाको समयमा राजबिराज वडा नं ३ का केही मुस्लिम समुदायका मानिसहरूले ३९१४ नं. विगंर चालकलाई कुटपिट गरेका हुदाँ कुट्ने दोषीलाई कारबाही गर्न माग गर्दै हडताल गरिएको हो।
बिहीबार बिहान देखि ११:०० बजेसम्म हडताल गरिए पश्चात प्रहरीले २ घंटा भित्र दोषीलाई नियन्त्रणमा लिने वार्ता को आधारमा हडताल खुकुलो पारिएको थियो।