भूपदेव माली
असार २ गते/ राजबिराज
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १, पूर्व- पश्चिम लोकमार्गको उत्तर तिर खाँडो खोलाले कटान सुरु गरेको छ।
खाँडो खोलाको पश्चिममा अवस्थित बांधलाई अत्यधिक पानी बहावको कारण कटान गर्न थालिएको हो।
बांध कटान हुने भयले खोला को उपरी छेउमा रहेको मुस्लिम समुदायको बाहुल्यता भएको टोलका मानिसहरू राती सुत्ने गरेको छैन।बांध कटान भए ठूलो धनजनको छेती हुने हुनाले समयमा नै नदी नियन्त्रणका लागि नेपाल सरकार, प्रदेश सरकारले आवश्यक पहल गर्न रुपनी गापा. अध्यक्ष दिनेश कुमार यादवले मांग समेत गरेको बताए।
जिल्लामा रहेको महुली,खड्ग र खाँडो खोलाको पानी बहावको कारण जमिन कटान गर्नुको साथै खोलाको बाढी बाट दक्षिणी भागमा बर्सेनि लाखौं धनजनको छेती हुने गरेको भए पनि यसपटक खाँडो खोलाको सिरानमा रहेको मुस्लिम टोल खतरामा परेको हुदा समयमै सो खोलाको बांध को छेउ ढुङ्गा ट्रेकिङ गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने प्रयत्न गरिरहेको उपाध्यक्ष पुष्पा कुमारी श्रेष्ठ लौगीले बताउनुभयो।