https://youtu.be/_wJdS0yC64c .
भूपदेव माली
असार २ गते/राजबिराज
सप्तरीको रुपनी गाउँ पालिका अन्तर्गतका वाल विकास शिक्षिकाहरु द्वारा अध्यक्ष दिनेश कुमार यादवलाई ज्ञापनपत्र बुझाएका छन्। बिहीबार गाउँ पालिका कार्यालयमा ११ जनाको संख्यामा पालिका अन्तर्गतका बिभिन्न विद्यालयका वाल विकास शिक्षिकाहरु द्वारा तलब बृद्धि गर्ने उद्देश्यले सो ज्ञापनपत्र बुझाएका हुन्।
रुपनी गापा वडा नम्बर २ बुद्धेश्वरी आधारभूत विद्यालय हरिरवाका वाल विकास शिक्षिका संतोषी विश्वकर्माले ज्ञापनपत्र पढेर सामुहिक रुपमा अध् यक्ष यादवको हातमा ज्ञापनपत्र दिएको थियो। आगामी बैठकमा तपाईहरुको समस्या समाधान गर्न छलफल गर्ने भन्ने कुरा ज्ञापनपत्र बुझाउन आउने शिक्षिकाहरु स्वान्तना दिएर पठाउनु भएको थियो