भूपदेव माली
असार ०१ गते / राजबिराज
हाम्रो वडामा बलान नदीको बाढीले वर्षेनी हजारौं बिघा जग्गा जमीनको बाली नष्ट हुने हुदाँ नदी नियन्त्रण र सिंचाईको दिर्घकालिन ब्यवस्था गर्नु मेरो पहिलो कार्य हुने सप्तरीको बलान बिहुल गापा.वडा नं ४, बेल्हीका नवनिर्वाचित वडाध्यक्ष लक्ष्मी नारायण झाले बताउनुभएको छ।
ई- मधेश न्युजका टिम संग साक्षात्कार हुदै अध्यक्ष झाले सो कुरा बताउनुभएको हो।
मैले सरकारी सेवाबाट राजीनामा दिएर जनताको सेवा गर्न र वडाको समुचित विकास गर्नका लागि वडाध्यक्ष पदमा मनोनयन दर्ता गरिएको र भारी मतले विजयी पनि भएको बताउनुभयो। नदी नियन्त्रण गर्न हामीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम तहत बलान नदीको बांध मर्मत सम्भार गर्ने कार्य पनि सुरु गरिसकेको बताउनुभयो।
वडाध्यक्ष झाले नदीको बांध मर्मत सम्भार गर्ने कार्य देखाउन मधेश न्युजका अशोक झा र भूपदेव माली सहितलाई कार्यस्थलमा पुगी साक्षात्कार गराउदैं भन्नुभयो-” हामीले गर्ने कार्यमा भ्रष्टाचारको गन्ध आउन नदिने समेत दावी गर्नुभयो।
सोही क्रममा बलान बिहुल गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत मो. नसिम राईनले पालिकाका लागि दुई करोड रकम आएको छ र सो बजेट चार वटा वडाहरुमा कार्य गरिने भएपनि यति बेला दुई वटा वडाहरुमा कार्य सुरु गरिसकेको बताउनुभयो। जसमा वडा नम्बर-४मा ६३ जना र वडा नम्बर-३ मा ४६ जना मजदुर जेष्ठ १ गते देखि नै सुरुवात भएको बताउनुभयो।