भूपदेव माली
जेष्ठ २९ गते/ राजबिराज
मैले हारे पनि जनताको सेवामा सदैव तत्पर रहने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४, रम्पुरा मल्हनीयाका निवर्तमान वडाध्यक्ष सत्यनारायण यादवले बताउनुभएको छ।
बैसाख ३० गते भएको स्थानीय निर्वाचन बाट निर्वाचित वडा अध्यक्ष द्वारा सत्यनारायण यादवको कार्यकालमा वडामा कुनैपनि विकास कार्य नभएको मिडियामा प्रतिक्रिया दिएको कुरालाई खण्डन गर्न पत्रकारहरु संग साक्षात्कार हुदै पूर्व वडाध्यक्ष यादवले सो कुरा बताउनुभएको हो।
मेरो कार्यकालमा सप्तरीको समस्त वडा हरुको भन्दा बढी र गुणस्तरीय विकास निर्माण कार्य भएको छ भन्दै वहाँले मैले गरेको विकास जिल्लाका उत्कृष्ट उदाहरणका रूपमा रहेको बताए।
वहाँले आफ्नो कार्य कालमा गरिएको विकास कार्य क्रमशः गिनाउंदै अबको नवनिर्वाचित वडाध्यक्षले म भन्दा बढी कार्य गर्ने शुभकामना दिदै काम गरेर राम्रो हो,गलत मिडियाबाजी नगर्न समेत आग्रह गर्नुभयो।