भूपदेव माली,
राजविराज २८ कार्तिक ।
राष्ट्रिय शिक्षक मंचका उपाध्यक्ष केन्द्रिय उपाध्यक्ष, नेपाल प्याब्सनका जिल्ला अध्यक्ष एवं रोयल सेकेन्ड्री स्कूलका संस्थापक प्रिन्सिपल दिनेश कुमार यादवको ममतामय आमा, रामकिसुन यादवकी धर्मपत्नि कौशल्या देवी यादवकी १३ औं दिनको पुण्यतिथी सम्पिण्डनको अवसरमा सत्यनारायण पूजा तथा साधुसन्तको भण्डारा सम्पन्न भएको छ ।
दिनेश, उमेश, रमेश र एक छोरीको आमा रहेको कोशल्या देवीको ७४ वर्षको आयूमा निधन भएको थियो सो सम्पीण्डनको अवसरमा यादव परिवार द्वारा हनुमान मंन्दिरको पूजारी संत घोघन यादवलाई बस्त्र, दक्षिणा, शंख तथा घडीघंट प्रदान गरिएको थियो । नवनिर्मित सो हनुमान मन्दिर यादव परिवारकै पोखरीको डिलमा रहेकोले सो मन्दिरको पूजारीलाई सो सामग्री प्रदान गरिएको हो ।
आयोजित सत्यनारायण पूजन तथा भण्डारा अनुष्ठानमा अनेक गाउँ ठाउँका साधुसन्तहरु सरिक भएका थिए । सबै संतहरुलाई भोजन पश्चात बस्त्र एवं दक्षिणा प्रदान गरिएको थियो ।