भूपदेव माली
जेष्ठ ८ गते/ राजबिराज
पर्यटकीय स्थलको विकास भन्दा पनि जनतालाई चाहिएको स्वास्थ्य, शिक्षा र खानेपानीको विकास गर्ने सप्तरीको कंचनरुप नपा वडा नम्बर-७ का लागि वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको समानन्द चौधरीले बताउनु भएको छ।
आईतबार शपथ ग्रहण गर्नु भन्दा पहिले ईमधेश न्युज संग साक्षात्कार हुँदै नेता चौधरीले सो कुरा बताउनु भएको हो। नेपाल प्याब्सन सप्तरीका उपाध्यक्ष एवं राजाजी इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल समेत रहेका नेता चौधरीले हामी हाम्रो वडाका विकासका लागि हरसम्भव प्रयत्न गर्ने बताउनुभयो।