भूपदेव माली,
राजविराज, ०१ जेष्ठ ।
सप्तरीको हनुमाननगर कंकालिनी नपाको मतगणना शनिवार १२ बजेदेखि प्रारमभ भए पश्चात आईतबार बेलुकी १५ः०० बजेसम्म मात्र ४ वटा वडाको मतगणना सम्पन्न भएको छ ।
नगरको उत्तरी भेगका र दक्षिणी भेगका वडाहरुको गणना गर्दा वडा नं १ को वडा अध्यक्षमा जनमत पार्टीका उम्मेदवार १६७० मतले विजय भएका छन, वडा नं. १४ मा जसपाका कृष यादवाले जित पारेका छन, वडा नं. २ मा जसपाका उम्मेदवार २१७ मतले विजय भएका छन र वडा नं. १३ मा जसपाका उम्मेदवार २१५ मत प्राप्त गरी विजय भएका छन । मेयर र उपमेयरमा जसपा भन्दा जनमत पार्टी अग्र स्थानमा रहेका छन ् ।
यसरी नै अग्निसाईर कृष्णासवरन गाउँपालिकामा एमाले र काँग्रेसले १÷१ सिट हासिल गरेका छ्न । पछिलो मतपरिणाम अनुसार वडा नम्बर ६ मा नेपाली काँग्रेस र १ मा एमाले पाईनलले सहित विजयी हाँसिल गरेका हुन । वडा नम्बर ६ मा काँग्रेसका अशोक आचार्यले ११ सय ६१ मत प्राप्त गरी पाईनल सहित विजयी भएका छ्न । उनका निकटतम प्रतिद्वन्दी एमालेका कुशुम आचार्यले ७ सय ८६ मत प्राप्त गरिन । यसैगरी वडा नम्बर १ मा नेकपा एमालेका सवजुल खलिपाले ६ सय ६८ मत प्राप्त गरि विजयी भएका छ्न । उनका निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अछमितलाल चौधरी ५ सय ३३ मत हाँसिल गरे भने जसपाका रामानारायण(गुनानन्द) चौधरीले ५ सय १० मत प्राप्त गरे । पछिल्लो मत परिणाम अनुसार गाउँपालिका अध्यक्ष– उपाध्यक्षमा एमालेको अग्रता कायमै रहेको छ । एमालेका अध्यक्षका उम्मेदवार दिनानाथ चौधरीले २१ सय ८६ मत प्राप्त गरेका छ्न भने उपाध्यक्ष शैलेन्द्री देवी लेखीले १५ सय ६१ मत प्राप्त गरी अग्रता कायम राखेका छ्न । अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ र ६ को अन्तिम मत परिणाम अनुसार एमालेले शुरुवाती अग्रतालाई कायम राखेको तथा वडा नम्बर २ को मतगणना कार्य शुरु गरिएको हाम्र मधेश न्यूज सम्वाददाता शुभनारायण यादवले जानकारी दिए । https://youtu.be/2geVMG-ZN-k https://youtu.be/2geVMG-ZN-k