भूपदेव माली,
राजविराज, ३० बैशाख ।
सप्तरीमा छिटपुट घटना बाहेक शान्तिपुर्ण रुपमा शुक्रवार सम्पन्न भएको छ । सप्तरीको प्रायः सबै मतदान केन्द्रहरुमा शान्तिपुर्ण रुपमा मतदान भएको छ भने डाक्नेश्वरी नपा २ स्थित जनता मावि हरीराहाको २ वटा मतदान केन्द्रमा दलहरु विच विवाद उत्पन्न भएपछि मतदाना अधिकृत विपिन यादवलाई कुटपीट तथा मतपेटिका समेतलाई तोडफोड गरिएको घटनाले गर्दा सो केन्द्रमा मतदान स्थगित गरिएको निर्वाचन अधिकृत शम्भु मगरले जनाएको छ ।सप्तरीको डाक्नेश्वरी नपा २ हरिराहामा भएको मारपीट घटनाका कारण स्थगित गरिएको मतदान आउदो जेष्ठ ०१ गते आईतवार सर्वसम्महतीबाट हुने जनाएको छ ।
<span;>यसरी नै हनुमाननगर कंकालिनी नपा ३ को एक मतदान केन्द्रमा अर्काको नाममा मत खसाल्ने क्रममा भाग्य नारायण खिडहरी यादवलाई प्रहरीले पक्राउ गरी लगिएको कुरा इलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्र.ना.नी संजय न्यौपानेले बताए र छिन्नमस्ता गाउँपालिकाको वडा नं. ५ लोखरम स्थित मतदान केन्द्रमा बेलुकी ६:२५ बजे सम्ममा करिब ८०% मतदान भएको हाम्रा सहकर्मीले जानकारी गराएको छ ।
<span;>निर्वाचन आयोगले जारी गरिएको निर्वाचन सम्बन्धी आचार संहिता उल्लघन गर्दै प्रायः विभिन्न दलका उम्मेदवारहरुले प्रचार प्रसार गर्ने , सवारी साधनबाट मतदाताहरु मतदान केन्द्र सम्म पुर्याउने जस्ता छिटफुट स्थानमा गलत क्रियाकलाप भएपनि प्रायः मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो ।
<span;>आयोगले मतदानका लागि विहान ७ बजे देखि बेलुकी ५ः०० बजेसम्म मतदान गर्ने समय निर्धारण कै आधारमा छिटफुट स्थानहरुमा सामान्य घटना बाहेक प्रायः उत्साहजनक एवं शान्तिपुर्ण मतदान सम्पन्न भएको छ ।
<span;>मुलुकभरमा ७५३ पालिकामा प्रतिनिधि छनौट गर्न भएको स्थानिय तहको निर्वाचनमा प्रायः ठाउँमा दलहरु विच प्रतिस्प्रधात्मक रुपमा रहेको भएपनि सबै उम्मेदवारहरुको भविष्य बाकस भित्रै रहे्को छ ।