https://youtu.be/i1tJ7otrFSg भुपदेव माली
बैसाख २६ गते/राजबिराज
मेरो वडामा सबै उम्मेदवारहरु भन्दा म अगाडि रहेको, मेरो प्रतिस्पर्धामा कोइ नरहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-१४ का निवर्तमान वडाध्यक्ष सत्य नारायण यादवले दावी गरेका छन्।
वडाध्यक्ष पदमा रही ५ वर्षको कार्यकाल पूरा गरी पुनः लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाट वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका यादवले सोमबार साइकल अंकित चिन्हको झण्डा बोकेर लगभग २ हजार भन्दा बढी संख्यामा जुलुस प्रदर्शन गर्ने क्रममा पत्रकारहरुसँग साक्षात्कार हुँदै नेता यादवले सो कुरा बताउनु भएको हो।
निकालिएको जुलुस वडाका हरेक टोलहरुको गल्ली गल्ली परिक्रमा गरेर कोणसभामा परिणत भएको थियो।
(हेर्नुहोस् मधेश न्युजले संकलन गरिएको भिडियो) https://youtu.be/Ojwxt6h1WTU https://youtu.be/Ojwxt6h1WTU